• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाली प्रगतिशील सांगीतिक क्षेत्रमा “आवाज” एल्बम


  •   शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
  • हेमराज आश्रम ##
    हरेक क्रान्ति तथा परिवर्तनमा कला, साहित्य तथा गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका हुन्छ । जनता तथा समाजमा चेतना जागृत गर्ने सवालमा साहित्य र सङ्गीतको प्रयोग सान्र्दभिक तथा बहुपयोगी देखिन्छ । विश्वमा घटित सम्पूर्ण परिवर्तनमा साहित्य तथा सङ्गीतको ठुलो भुमिका रहेको पाइन्छ । साहित्य सङ्गीतको माध्यमबाट विषयवस्तु ग्रहण गर्न र गराउन सहज हुने गर्दछ ।

    Advertisement

    नेपालमा थुप्रै राजनैतिक तथा गैरराजनैतिक समूह कृयाशील छन्, जसले कला, साहित्य तथा सङ्गीतको माध्यमबाट जनताको “आवाज” बुलन्द पार्दछन् । वि.सं. २००९ सालमा प्रगतिशिल लेखक सङ्घ स्थापना भएर साहित्यको माध्यमबाट जनताका भावनालाई उजागर गर्ने प्रयास गर्यो । २०२२ सालतिर राल्फा समूहबाट साहित्य र कलाको क्षेत्रबाट सोही प्रकृतिको आन्दोलन चल्यो । विभिन्न वामपन्थी तथा प्रजातान्त्रिक दलले आआफ्ना सांस्कृतिक मोर्चा स्थापना गरेर सांस्कृतिक गतिविधि अगाडि बढाए; जस्तै : जनवादी क्रान्ति सङ्घ, सङ्कल्प परिवार, वेदना परिवार, शिखर सांस्कृतिक परिवार, अखिल नेपाल जनकलाकार सङ्घ, जनसांस्कृतिक परिवार, रक्तिम सांस्कृतिक अभियान, सामना परियार, इन्द्रेनी सांस्कृतिक समाज (इसास), सार्थक जनसङ्गीत प्रतिष्ठान नेपाल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, अखिल नेपाल जनसास्कृतिक सङ्घ आदि ।

    यहाँ उल्लेख गरिएका सम्पूर्ण समूहहरू हाल अस्तित्वमा नरहे पनि कुनै समय नेपाली जनवादी तथा प्रगतिवादी आन्दोलनमा भूमिका रह्यो ।
    नेपाली जनवादी सङ्गीतको क्षेत्रमा केही प्रयास र कोसिस गरेको एउटा समूह हो– “आवाज” समूह । यो आधिकारिक रूपमा गठन भएको संस्था त थिएन तर सामूहिक अवधारणा भने अवश्य थियो । विभिन्न जनवादी साहित्यिक तथा साङ्गीतिक गतिविधिमा कृयाशील सर्जकको स्वतन्त्र प्रयासमा अगाडि बढेको प्रयत्न थियो– “आवाज” । “आवाज” प्रगतिशील सर्जकको सामूहिक प्रयत्नमा प्रकाशनमा आएको अडियो गीतको सङ्ग्रह थियो ।

    समयको दृष्टिले हेर्दा वि.सं. २०७१ सालतिरको समय अडियो क्यासेट एल्बमको समय सकिएर सी.डी. तथा भी.सी.डी. को समय चलिरहेको थियो । “आवाज” एल्बम सो समयमा लगातार पाँचौँ भागसम्म प्रकाशन भएको थियो । पछि एल्बमको चलनमा परिवर्तन भएर डिजिटल प्ल्याटफर्मको समय आएसँगै ““आवाज”” एल्बमले निरन्तरता पाउन सकेन । पाँचौँ भागसम्म आइपुग्दा ५५ ओटा गीत प्रकाशन भएका थिए भने सो अभियानमा १८ जना प्रगतिशील तथा जनवादी कलाकारको सहभागिता थियो ।

    “आवाज” एल्बम सुरुमा चार जना कलाकारको सक्रियतामा प्रकाशन भएको थियो । हेमराज आश्रम, लीला परियार, नवीन बस्याल र देवी सुनामीको पहलमा ““आवाज”” भाग–१ प्रकाशन भएको थियो । संस्थापकको बिचमा “आवाज” एल्बमको बारेमा मोटामोटी केही सल्लाह भएका थिए । सोही सल्लाह र बुझाइको आधारमा “आवाज” को नीति नियम तय भएका थियो ।

    “आवाज” एल्वम वार्षिक रूपमा नेपाली नयाँ वर्ष अर्थात् वैशाख महिनाको आसपासतिर प्रकाशन गर्ने निधो गरिएको थियो । प्रगतिशील धारको सर्जक जुनकुनै दल तथा पार्टीमा आस्था राख्ने भए पनि “आवाज” एल्बममा सहभागिता जनाउन सक्दथे । “आवाज” एल्बममा समावेश हुने गीत कम्तिमा पनि प्रगतिशीलदेखि माथि उठेको हुनुपर्ने थियो । एल्बममा समावेश हुने आआप्mना गीतको प्रकाशन खर्च स्वयम् सर्जकले बहन गर्नुपर्ने थियो ।

    मुख्यतः यिनै नियममा रहेर ““आवाज”” एल्बमका विविध संस्करण प्रकाशनमा आएका थिए । २०७१ चैतमा “आवाज” भाग–१, २०७३ जेठमा “आवाज” भाग–२, २०७४ वैशाखमा “आवाज” भाग–३, २०७५ वैशाखमा “आवाज” भाग ४ र २०७६ वैशाखमा “आवाज” भाग–५ एल्बम प्रकाशनमा आएका थिए ।

    “आवाज” एल्बमको प्रकाशनको गर्भमा केही प्रसङ्ग लुकेर बसेका छन । “आवाज” एल्बम आउनुमा रक्तिमका विभिन्न कलाकारमा जागृत भएका प्रगतिशील कला, सङ्गीत र साहित्यप्रतिको तीव्र इच्छा र चाहना मुख्य हुन् ।

    त्यतिबेला रक्तिममा लामो समयसम्म नयाँ कलाकारलाई प्रोत्साहन गर्ने प्रकृतिको कार्यक्रम बन्न नसकेको कुरा सत्य थियो । रक्तिममा धेरै कलाकारले आआफ्ना सृजना प्रकाशन तथा रेकर्ड गर्ने अवसर विरलै प्राप्त गर्दथे । रक्तिम सांस्कृतिक अभियानमा कमै सर्जकका गीत रेकर्ड हुन्थे । तिनै गीत देशविदेशमा आयोजना हुने कार्यक्रममा गाउने, बजाउने गरिन्थे । नीतिगत रूपमा सो व्यवस्था नभए पनि व्यावहारिक रूपमा विभिन्न जिल्ला तथा अन्य समिति, साथै व्यक्तिगत रूपमा गीतिएल्बम प्रकाशन गर्ने कुरा असम्भवप्रायः थियो । धेरै अभियन्तामा त्यसरी प्रकाशन गरिनु हँुदैन, यदि त्यसो भए अनुशासनको विषय बन्छ भन्ने प्रकारको भ्रम थियो । सोही भय, डर र त्रासकोे बिचमा रक्तिमले करिब तीन दशकसम्मको यात्रा तय गरिसकेको थियो । “हजारौँ फूल फुल्न देऊ” भन्ने माओको भनाइ यहाँनिर उल्लङ्घन भएको जस्तो लाग्दथ्यो । हजारौँहजार रक्तिम अभियात्रीलाई त्यही प्रकारको स्कुलिङ थियो, जसले गर्दा रक्तिममा अरू धेरै स्रष्टाको उत्पादन हुन सकेन र उत्पादन भएका स्रष्टाको पनि संरक्षण गर्ने कार्य भएन । हजारौँ प्रतिभावान कलाकार नजन्मिएका होइनन् तर संस्थागत सम्बद्र्धनको अभावमा ती प्रतिभाले पलायनको बाटो समाते । पहिलेका रक्तिमका सर्जकहरू कोही मूलधारको सङ्गीतको क्षेत्रमा, कोही फरक धार त कोही जीवनयापनका लागि देशविदेशका विभिन्न ठाउँमा श्रम गरिरहेका भेटिन्छन् ।

    अत्यन्तै कठिन तथा प्रतिकूल वातावरणमा पदार्पण भएको थियो, “आवाज” एल्बम । उतिबेला “आवाज” एल्बमलाई रक्तिमको विरुद्धमा प्रकाशन गरिएको एल्बमको रूपमा व्याख्या गरेर भ्रमको खेती गर्ने प्रयास पनि गरियो तर ती सबै भ्रम मिथ्या सावित भए । “आवाज” एल्बम रक्तिमको विरुद्ध नभई रक्तिमलाई सामूहिकतामा रूपान्तरण गर्ने चाहनास्वरूप सकारात्मक प्रयास थियो । वर्षौंसम्म रक्तिममा आबद्ध भएर आन्दोलनकै बिचमा कोरिएका तथा सृजना भएका भावनालाई प्रकाशन तथा रेकर्ड गर्ने स्रष्टाको चाहनालाई गलत नियतबाट आएको भनेर अपव्याख्या पनि गरिए । तथापि तीव्र विरोध र बहिष्कारको विचमा पनि “आवाज” ले आम शोषित, पीििडत जनताको माया पाइरह्यो । परिणामस्वरूप पाँचौँ संस्करणसम्म “आवाज” ले आफ्नो प्रकाशनलाइ निरन्तरता दिन सक्षम भयो ।
    “आवाज” एल्बमको माध्यमबाट दर्जनौँ सर्जकले सकरात्मक ऊर्जा प्राप्त गरे । आफ्नो सृजनालाई प्रकाशन गर्ने हिम्मत र साहस प्राप्त गरे ।

    ठाउँ ठाउँमा बहिष्कार र असहयोगको बाबजुद पनि “आवाज”ले विभिन्न विघ्नबाधासँग जुध्दै अगाडिका गन्तब्यमार्ग पहिल्याउँदै गयो । “आवाज” को माध्यमबाट थुप्रै सर्जकले आफ्नो सृजना बाहिर ल्याउने अवसर प्राप्त गरे । जनताको बिचमा आफ्ना सृजना लगेर जनतावाट प्रत्यक्ष सुझाव तथा सल्लाह लिने कार्य पनि गरे । यसरी “आवाज” चट्टानको कापबाट निस्केर गीतसङ्गीतको माध्यमबाट जनताको सेवामा लागी परिरह्यो । प्रस्तुत छ, “आवाज” भाग १ देखि ५ सम्मका सङ्क्षिप्त विवरण

    क) “आवाज” भाग–१
    “आवाज” भाग–१ एल्बम, २०७१ सालमा प्रकाशन गरिएको थियो । त्यसमा जम्मा नौओटा अडियो गीत सङ्गृहित थियो । सो एल्बम चार जना सर्जक तथा कलाकारको सामूहिक प्रयत्नवाट प्रकाशन भएको थियो । त्यसमा हेमराज आश्रम, लीला परियार, नवीन बस्याल र देबी सुनामी सहभागी थिए । सामूहिक लगानीमा प्रकाशित भएको सो एल्बम १००० प्रतिको सङ्ख्यामा प्रकाशन गरिएको थियो ।

    “माक्र्सवाद–लेनिनवाद”, “आँधीको बेग”, “चट्टान हुँ म”, “खोला र नाला”, “ब्युझी हेर”, “विदेशले धोका पुर्यायो”, “छोडेर आएँ” र “दसै नि गयो” गरी नौओटा गीत “आवाज” भाग १ एल्बमका गीत हुन् । यी गीतमध्ये “आँधीको बेग बनी” गीतको भिडियो पनि प्रकाशन गरिएको थियो । सो गीत अहिलेसम्मका “आवाज” एल्बममा समावेश गरिएका गीतमध्ये सबैभन्दा धेरै रुचाइएको गीत हो । हेमराज आश्रमको शब्द, सङ्गीत, एरेन्ज र निर्देशन रहेको सो गीतमा पियारी थापाको नृत्य रहेको थियो भने मधुर बस्नेतको दृश्य र प्रवीण मगरको सम्पादन रहेको थियो । सो गीतबाहेक अन्य सबै गीतले रक्तिम सांस्कृतिक अभियान र नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    सो एल्बमले रक्तिम अभियन्तालाई सकारात्मक ऊर्जा दिने काम गरेको थियो । “आवाज” भाग–१ एल्बमको प्रकाशनपछि धेरै रक्तिमयात्रीमा गीतलेखन तथा प्रकाशनमा अभिरुचि बढेको देख्न सकिन्थ्यो । त्यसपछि धेरै रक्तिमका सर्जकले व्यक्तिगत तथा सामूहिक सकृयता र प्रयत्नबाट पनि प्रगतिशील गीत प्रकाशन गर्ने लहर चलेको थियो । सो कार्यबाट प्रगतिशील साहित्य र सङ्गीतको क्षेत्रलाई समृद्ध बनाउने अभियानमा सकरात्मक भूमिका प्राप्त भएको थियो ।

    ख) “आवाज” भाग–२
    “आवाज” भाग–२ एल्बम २०७३ सालमा प्रकाशन गरिएको एल्बम थियो । “आवाज” भाग–२ मा केही नयाँ अनुहारको पनि सहभागिता थियो । सो अभियानमा हेमराज आश्रम, थुमराज ढुङ्गाना, लीला परियार, नवीन बस्याल र इन्दिरा गुरुङको सहभागिता रहेको थियो । “आवाज” भाग २ मा १६ ओटा गीत सङ्गृहित थिए । “सबै वाम”, “तिमी एउटा रोज”, “अनेकतामा एकता”, “ढल्दैन आस्था यो”, “बेहाल देख्दा”, “नारी हौँ हामी”, “नाकाबन्दीले”, “हामी नेपाली”, “माया त माया नै हो”, “नथाकौँ साथी”, “भैली गीत”, “बैनी तिम्रो”, “नेपाल एउटै हो”, “रोकिदैन समयको गति”, “कोपिला हामी”, “प्रस्थान प्रार्थना गीत” रहेका थिए ।

    “आवाज” भाग २ सम्म आइपुग्दा प्रगतिशील सांस्कृतिक धारमा यसले आफ्नो छुट्टै स्थान बनाइसकेको थियो । “आवाज” भाग–२ का थुप्रै गीतले श्रोता तथा दर्शकको मन जित्न सफल भएको थियो, जुन गीत अहिले पनि सांस्कृतिक आन्दोलनमा प्रयोगमा आएको देख्दछौँ ।

     

    ग) “आवाज” भाग–३
    “आवाज” भाग–३ एल्बम २०७४ सालमा प्रकाशन भएको हो । सो एल्बममा ११ ओटा गीत सङ्गृहित गरिएको थियो । “काठमाडौँको सिंहदरबार”, “खुल्ला आकाश”, “आउने छ क्रान्ति”, “गर्जेर उठ”, “मेरो खसमको चिनो”, “उठ पूर्वबाट”, “हँुदैन जित हाम्रो”, “तिहार आयो” (सोरठी), “फुल्दै छन् फूलहरू”, “उकालो जाँदा” र “बालमैत्री गीतहरू” “आवाज” भाग–३ मा सङ्गृहित गीत हुन् ।

    “आवाज” भाग–३ मा नयाँ धेरै कलाकारको पनि सृजना समेटिएको थियो । हेमराज आश्रम, लीला परियार, नवीन बस्याल, दिलमाया पुन, सीता थापा र राजेश परियार बविन गरी सात जना सर्जकको सहभागिता रहेको थियो ।

    घ) “आवाज” भाग–४
    “आवाज” भाग–४ एल्बम २०७५ साल वैशाखमा प्रकाशन गरिएको थियो । उक्त एल्बममा ११ ओटा गीत सङ्गृहित गरिएका थिए ।

    “आवाज” भाग–४ मा नेपाली वामपन्थी आन्दोलनका दुईओटा हस्तीहरू मोहनविक्रम सिंह र नेत्रविक्रम चन्द विप्लबको एक एकओटा गीत पनि समावेश गरिएका थिए । मोहनविक्रम सिंहको “तिमी भन्छौं…” र विप्लबको “हाम्रो आस्थाको साम्यवाद” बोलको गीत रहेको थियो । तीबाहेक अन्य गीतमा “उठ किसान”, “चट्टानको झिल्को”, “देशको साँधसीमा”, “नखाऊँ हरेस”, “सुतेर नबस जनता”, “फूल फुल्छ”, “बित्यो जीवन”, “जहाँ भए पनि” र “आउँछ बिहानी” थिए ।

    “आवाज” भाग–४ मा पनि धेरै नयाँ तथा पुराना सर्जकको सहभागिता रहेको थियो । हेमराज आश्रम, चिरन पुन, थुमराज ढुङ्गाना, टेक बलम्पाकी, आरोह नेपाली, माया थापा, दिलिप रसाइली, सुनिता थिङ र चरण राना “आवाज” भाग–४ का सहभागी सर्जक हुन् । विभिन्न फरक फरक राजनैतिक संस्थामा आस्था राख्ने सर्जकको बाक्लो सहभागिता “आवाज” भाग–४ मा देख्न सकिन्थ्यो । यो संस्करणमा “आवाज” को मर्म र उद्देश्य स्पष्ट झल्किन्थ्योे ।

    ङ) “आवाज” भाग–५
    “आवाज” भाग ५ २०७६ सालमा प्रकाशन गरिएको पाँचौँ एल्बम थियो । छओटा गीत रहेको सो एल्बममा “छेकिन्न पाइला कहिल्यै”, “उठ है”, “उठ सारा नेपाली”, “हाम्रो देश नेपाल”, “जात फरक के भो”, “यो देशको माया”, “सोरठी गीत” र “झिलिमिली झिलिमिली” बालगीत रहेका छन ।

    “आवाज” भाग–५ एल्बममा हेमराज आश्रम, आरोह नेपाली, माया थापा, गोपाल खनाल, प्रेमसागर पुन र नेत्र रानाक्षेत्री सहभागी भएका थिए ।
    “आवाज” भाग–५ अहिलेसम्मको अन्तिम एल्बम हो । “आवाज” भाग ५ पछि यो एल्बमले निरन्तरता पाउन सकेको छैन ।

    लगातार पाँच वर्षसम्मको प्रकाशनपछि अहिले “आवाज” एल्बमले निरन्तरता पाउन सकिरहेको छैन । विशेषगरी वर्तमान सङ्गीत बजार तथा प्रविधिमा आएको परिवर्तन “आवाज” ले निरन्तरता पाउन नसक्नुको मुख्य कारण हो । हाल गीतसङ्गीत युटुब तथा सामाजिक सञ्जालको माध्यमवाट सार्वजनिक गर्ने गरिन्छ । विविध गीतलाई सङ्गृहित गरेर एल्बमको रूपमा प्रकाशन गर्नेभन्दा पनि एउटा एउटा फुटकर गीत भिडियोसहित प्रकाशन गर्ने वर्तमानको प्रचलनको कारण पनि “आवाज” एल्बमको निरन्तरतामा बाधा भइरहेको छ । त्यसको अलावा अहिलेको टेक्नोलोजीको विकास सँगसँगै गीतसङ्गीतको बजारमा आएको परिवर्तनले गर्दा सर्जकहरूले एल्बमको रूपमा गीत प्रकाशन गरेर आम दर्शक तथा श्रोताको बिचमा पु¥याउन कठिन हुने र युटुबको माध्यमबाट सार्वजनिक गर्दा सजिलै लाखौँ दर्शक तथा श्रोताको बिचमा केही समयमै पुग्ने अवस्थाको कारणले गर्दा अहिले एल्बम प्रकाशन गर्नु त्यति व्यावहारिक देखिँदैन । खर्च तथा आम्दानीको दृष्टिकोणले हेर्दा पनि डिजिटल बजारबाट हुने आम्दानी सहज, सुलभ र राम्रो हुने भएकोले गर्दा यसो हुन गएको देखिन्छ । यसरी “आवाज” एल्बमले नेपाली प्रगतिशीत गीतसङ्गीत र साहित्यको क्षेत्रमा सकरात्मक भूमिका खेलेको कुरा स्पष्ट छ ।

    “आवाज” एल्बममा प्रकाशित भएका विभिन्न गीतले राष्ट्रियता र जनजीविकाको पक्षका चल्ने विभिन्न आन्दोलनमा अहिले पनि महत्त्वपूर्ण भुमिका खेलिरहेको छ । ती अहिले पनि आन्दोलनमा उत्तिकै रुचाइएका गीत हुन । आउँदा दिनमा “आवाज” एल्बम डिजिटल रूपमै भए पनि निरन्तर प्रकाशनको खाँचो देखिन्छ । आक्रामक रूपमा विस्तार हुँदै गएको पश्चिमेली छाडा संस्कृतिको विरुद्ध “आवाज” जस्ता अनेकौँ एल्बमहरूले केही हदसम्म भए पनि प्रतिरोध गर्नुपर्दछ ।

    अर्कोतरि, रक्तिम सांस्कृतिक अभियानले रक्तिम जनगीति यात्राका विभिन्न संस्करणलाई निरन्तरता दिनुपर्ने देखिन्छ । त्यसको साथसाथै रक्तिम अभियन्ता तथा अन्य सांस्कृतिक कर्मीले “आवाज” एल्बमलाई निरन्तरता दिँदा हाम्रो सांस्कृतिक आन्दोलनलाई सहयोग नै पुग्दछ । रक्तिमको निरन्तर प्रकाशन हुने एल्बमको महत्त्व छुट्टै हो भने “आवाज” को छुट्टै हो ।

    शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.