• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

दुर्गम गाउँमा ‘होमडेलिभरी’ शून्य


  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
  • डम्मर बुढा मगर, बागलुङ ।
    भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म गलकोट नगरपालिका क्षेत्रमा ‘होमडेलिभरी’ हुने महिलाको संख्या व्यापक थियो । दुर्गम गाउँका महिलालाई सुत्केरी बेथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पु¥याउने गर्थे । कोही अस्पतालमा पुगेर बच्चा जन्माउँथे त कोही बाटोमै सुत्केरी हुन्थे । कोहीको समयमै अस्पताल पुग्न नसक्दा अकालमै ज्यानसमेत जाने गथ्र्यो । तर पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुने महिलाको संख्या शून्य छ ।

    Advertisement

    वडा–वडामा वर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज भएपछि ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य भएको हो । दुर्गम गाउँका महिलाहरु पनि सचेत र शिक्षित बन्दै गएपछि ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य भएको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मीनराज गैरेले जानकारी दिनुभयो । उहाँ गर्भवती भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउँदादेखिनै महिलालाई परामर्श दिने गरेको र सोही अनुसार महिलाहरु सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउनुहुन्छ ।

    ‘अहिले गलकोटमा ‘होमडेलिभरी’को अवस्था शून्य छ, पहिले–पहिले यो समस्या थियो, अहिले वडा–वडामा वर्थिङ सेन्टर स्थापना भएका छन्, स्वास्थ्य सेवाको पहुँच पनि सहज बनेको छ, त्यसमाथि महिला दिदीबहिनीहरु पनि सचेत र शिक्षित बन्दै जानुभएको छ,’ जनस्वास्थ्य निरीक्षक गैरेले भन्नुभयो, ‘मान्छे शिक्षित भयो भने धेरै समस्या समाधान हुने रैछ, हामीले पनि गर्भवती भएर स्वास्थ्य जाँचका लागि आएको पहिलो पटकदेखिनै काउन्सिल गरिरहेका हुन्छौँ, त्यसले गर्दा पनि हाम्रो नगरपालिकामा ‘होमडेलिभरी’ न्यून बनेको हो ।’

    एघार वडा रहेको गलकोटमा आठ स्थानमा वर्थिङ सेन्टर छन् । नागरिकलाई पायक पर्ने स्थानमा वर्थिङ सेन्टर हुँदा ‘होमडेलिभरी’ घटेको गरैको बुझाइ छ । गलकोट नगरपालिका–७ मल्लमा वर्थिङ सेन्टर नहुँदा समस्या थियो तर अहिले सोही वडाको मल्लमा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना भएपछि उक्त समस्या हटेको छ । वडा नम्बर ७ र ९ का नागरिकलाई लक्षित गरिएको यस वर्थिङ सेन्टरले अब सयौँ नागरिकलाई सेवा दिने गलकोट–७ का वडाध्यक्ष राज थापाले जानकारी दिनुभयो ।

    “अहिले मल्म स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना गरेका छौँ, वर्थिङ सेन्टर निर्माणका लागि फेयरमेड फाउन्डेसन नेपाल र बिवाइसी बागलुङले रु तीन लाख बराबरको आवश्यक उपकरणहरु सहयोग ग¥यो भने, वडाबाट रु दुई लाख ५० हजार खर्च ग¥यौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, ‘यहाँ स्वास्थ्य चौकीसँगै वर्थिङ सेन्टर पनि भयो अब कोही पनि गर्भवतीले अकालमा ज्यान गुमाउनु पर्ने छैन, आवश्यक स्वास्थ्यकर्मी र कर्मचारी पनि व्यवस्थापन गरिरहेका छौँ ।’

    यहाँ दुई हप्ता अगाडि मात्रै वर्थिङ सन्टेर सञ्चालमा आएको हो । त्यस अगाडिसम्म वडा नम्बर ७ र ९ का गर्भवतीलाई सुत्केरी गराउनका लागि गलकोट स्वास्थ्य चौकी र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा जानु पर्ने अवस्था थियो ।

    मल्म स्वास्थ्य चौकी प्रमुख अनिता कार्कीले स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना भएपछि एक महिलाको प्रसूति गराएको बताउनुभयो । ‘यहाँ वर्थिङ सेन्टर स्थापना भएको धेरै समय भएको छैन, स्थापना भएको केही दिनमै एक जना गर्भवतीलाई सुरक्षित प्रसूति गराइयो, यहाँ यो सेवा नभएको भए उहाँ गलकोट प्राथमिक स्वास्थ्य केन्द्र अथवा गलकोट स्वास्थ्य चौकीमा जानु पथ्र्यो, वर्थिङ सेन्टर स्थापना भएपछि हामी पनि उत्साहित भएका छौँ’ स्वास्थ्य चौकी प्रमुख कार्कीले भन्नुभयो ‘केही वर्षदेखि यताको तथ्याङ्क हेर्दा यस क्षेत्रमा होमडेलिभरीको केस निकै कम छ, अब त हुने सम्भावना निकै कम भयो, पायक पर्ने ठाउँमा वर्थिङ सेन्टर छ, अब टाढा जानु पर्ने बाध्यता हट्यो ।’

    वर्थिङ सेन्टरमा प्रसूति गराउँदा आमा तथा बच्चाको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीलाई जानकारी हुने हुँदा जटिल अवस्था भए तत्काल अन्तै रेफर गर्न सकिने कार्की बताउनुहुन्छ । ‘होमडेलिभरी त गराउनु हुँदैन, आमा र बच्चाको स्वास्थ्यका लागि भए पनि वर्थिङ सेन्टरमै आउनुपर्छ, यहाँ स्वास्थ्यकर्मीले शिशु र आमाको अवस्था राम्रोसँग बुझ्छन्, सामान्य भए यहीँ हुन्छ जटिल भए अन्तै रेफर गर्न सुझाउँछ, त्यसले गर्दा घरमै राखेर सुत्केरी गराउन खोज्नु हुँदैन’, उहाँले भन्नुभयो ।

    वर्थिङ सेन्टरकै कारण मातृ र शिशु मृत्युदर पनि शून्य भएको जनस्वास्थ्य निरीकक्ष गैरेको भनाइ छ । दुई वर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा बच्चाको मृत्यु हुने गरेको भए पनि अहिले शून्यमै झरेको उहाँले बताउनुभयो । नगरपालिकाले गर्भवती भएपछि स्वास्थ्य संस्थामा पुगेर चार पटक स्वास्थ्य परीक्षण गराए रु चार हजार पाँच यस भत्ता दिने गरेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले विसं २०७५ देखि नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रमसमेत सञ्चालन गरेको छ ।रासस

    बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.