• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अपाच्य होइन पोसिलो खाना उत्तम


  •   सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
  • राजाराम कार्की, काठमाडौं ।
    चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन् । तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ ।

    Advertisement

    तीज प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा महिला भगवान् शिवको आराधना गर्दै केही निरहार र केही फलहार व्रत बस्ने गर्छन् । व्रतअघि छिटो भोक नलागोस् भनी गरिष्ठ र अपाच्य भोजन गर्ने चलन छ । जो स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

    ‘भोक नलाग्दै पटकपटक खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ’, चिकित्सक प्रदिप चालिसे भन्नुहुन्छ । हिजोआज तीज आउनुपूर्व नै गरिष्ठ भोजन गर्ने प्रचलन बढ्दै गएको छ । मीठो मसिनो खाने अवसरका रुपमा धेरै चिल्लो पदार्थ प्राप्त हुने माछा, मासु तथा अन्य बजारमा पाइने अखाद्य मिठाइ एवं पेयपदार्थ स्वास्थ्यका लागि लाभदायक छैन । चिकित्सक भूषण श्रेष्ठ तीजमा अस्वस्थ र अपाच्य खाना नभइ ताजा दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी र दुग्धजन्य पदार्थ अवलम्बन गर्नु स्वास्थ्यका लागि हितकार हुने बताउनुहुन्छ ।

    प्राचीन हिन्दू नारीले तीजमा वर्षदिनभर साचेर राखेका बास्नादार चामल–मालभोग, कालोमसिनो, बास्मती, मनसुली, बुढोसुवालगायतका जातका चामल र दूध मिसाएर तयार पारिने खिर तथा ढकनी खाने चलन थियो । अहिले ताजा, दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी खाने चलन क्रमशः कम हुँदै गए पनि गाँउघरमा अझै पनि खिर खान नै बढी रुचाउँछन् । त्यसैले बजारमा अघिपछिको भन्दा धेरै दूधको माग भएको छ ।

    विश्वमा खिर खाने प्रचलन १४औँ शताव्दीबाट सुरु भएको पाइन्छ । खिर खाने प्रचलनको सुरुआत छिमेकी मुलुक चीनबाट भएको अनुमान छ । हाल खिर विश्वका प्रायःजसो मुलुकले विभिन्न नामबाट ९भारतको गुजरातमा दूधपाक, बङ्गालादेशमा पायस, श्रीलङ्कार्मा क्रिवाथ० प्रयोग गर्ने गरेको पाइन्छ ।

    खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा बढीमात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रुपमा प्रयोग गरेको पाइन्छ । खिर एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यकपर्ने सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुने हुनाले खिर उपयोगी सिद्ध भएको छ । खिर दूधबाट तयार पारिने पदार्थ हो । तीजमा खिर खाने चलन भएकाले बजारमा दूधको अभाव हुने भएको दुग्ध विकास संस्थानका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    संस्थानले उपत्यकामा प्रतिदिन ७० हजार लिटर दूध, पाँच हजार लिटर दही बिक्री गर्दै आएको छ । तीजको आसपासमा उपत्यकाका लागि एक लाख १५ हजार लिटर दूधको माग भए पनि संस्थानले ८५ हजार लिटर मात्र उपलब्ध गराउनसक्ने जनाएको छ ।

    नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार यस वर्षको तीजमा १५ प्रतिशत दूध पु-याउन नसक्ने जानकारी दिनुभयो । मुलुकभर कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको र त्यसमध्ये हाल ३१ लाख लिटर दूध बजारमा खपत भइरहेको तथा तीजको समयमा झन्डै पाँच लाख लिटर दूध पु-याउन मुस्किल पर्ने जानकारी दिनुभयो ।

    दूध मानव जीवनका लागि अति उत्तम खाद्यपदार्थ हो । बच्चा जन्मेपश्चात् आमाले दूध सेवन गराउने सर्वविदितै छ । दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई आवश्यक तत्व पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो ।

    नेपालको खाद्य नियमावलीअनुसार (मानक प्रशोधित) दूधमा तीन प्रतिशत चिल्लो, चार दशमलव शून्य सात सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।रासस

    सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.