• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आजको वामपन्थको बहस (समाचार टिप्पणी)


  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • समीर सिंह ##
    नेपालमा आजको वामपन्थबारे यो साता निकै बहस चल्यो । नेपाल अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा आफ्नो अवधारणा राख्दै एमाले नेता घनश्याम भुसालले हिजो राजाको राजनीतिले, कुनै समयमा कांग्रेसको कारणले देश सङ्कटमा गयो होला तर अहिले हामीहरूबाट देश सङ्कटमा गएको हो कि ? भनेर प्रश्न गर्नुभयो । ‘कम्युनिस्ट भनिएकाहरू, त्यो भनेको वाम आन्दोलनका नेताहरूबाट देश सङ्कटमा गइरहेको’ उहाँको तर्क थियो ।

    Advertisement

    कम्युनिस्टहरू दुईतिहाइमा हुन्छन् भने सत्ताधारी उनीहरू नै हुने नेता भुसालको धारणा थियो । सत्तामा भागिदारी तथा सत्ताको स्वार्थका कारण नै कम्युनिस्ट भनिनेहरू विभाजित भएको बताउँदै नेपाली समाजको चरित्र, दलाल पुँजीवाद भएको र कम्युनिस्ट भनिएकाहरूबाट त्यसको प्रतिरोध हुन नसक्ने उहाँको धारणा थियो । युद्ध गर्दागर्दै हारेको अवस्था नभएर विचारबाट च्यूत भएका कारण यो चुनौतिपूर्ण अवस्था आएको तथा दलाल पुँजीवादका अगाडि समर्पण गरेका कारण यो व्यवस्था बलियो बन्दै गएको उहाँको तर्क थियो । ‘दलाल पुँजीवादले नेपालको अर्थतन्त्रलाई कसरी खोक्रो बनाउँदै गइरहेको छ ? यो प्रश्नमा कम्युनिस्ट पार्टीहरूमा कुनै बहस नै भएन । संसदीय प्रणालीका समस्याप्रति ध्यान नदिने, त्यसको विपरीत चुनावदेखि चुनावसम्म मात्र कम्युनिस्ट भनिएकाको रणनीति हुँदा नेपालको वामपन्थ कमजोर हुँदै गयो’ नेता भुसालको तर्क थियो । कमजोर हुँदै गएको नेपालको वामपन्थ दलाल पुँजीवादको प्रतिरोध गर्ने होइन कि त्यसैसँग लगनगाँठो गास्न पुग्यो । अन्ततः कम्युनिस्ट पार्टी भनिएकाहरू र दलाल पुँजीवादको सङ्कट एकैठाउँमा जोडिएको उहाँको धारणा थियो ।

    ‘राष्ट्र हुँदासम्म राष्ट्रिय पुँजीको आवश्यक हुन्छ । रोजगारको क्षेत्र बढाउने र उत्पादनमूलक अर्थतन्त्रको विकास नै राष्ट्रिय पुँजीको चरित्र हुन्छ । नेपालको वामपन्थले त्यस प्रकारको राष्ट्रिय चरित्रको विकास गर्नु प्रमुख दायित्व हो । सबै प्रकारका सामाजिक विभेदका विरुद्ध क्रियाशील हुने पनि वामपन्थ हुने नेता घनश्याम भुसालको धारणा थियो ।

    सौराहा काण्ड जस्तो अध्यक्षको खल्ती तथा उनको दयामायाले नेता छान्ने, बनाउने प्रवृत्तिले आन्तरिक जनवाद कमजोर बन्दै गएको बताउँदै नेता भुसालले सबै वामपन्थी शक्तिहरूबिचको अग्रगामी साझा अभियानले नै आजको वामपन्थलाई सशक्त बनाउन सक्ने उहाँको तर्क थियो । ‘नेताको प्राधिकारमा मात्र पार्टी झुन्डिरहने हो भने दल नै प्रजातान्त्रिक हुन सक्दैन । अनि, समाज तथा राष्ट्रको प्रजातान्त्रिक संरचना कसरी निर्माण हुन्छ ?’ उहाँको प्रश्न थियो । वाम पार्टीहरूलाई कानुनी रूपमा मात्र होइन, वास्तविक रूपमा प्रजातान्त्रिक बनाउनु महत्त्वपूर्ण विषय भएको बताउँदै उहाँले ‘नेपालको वामपन्थको दुईओटा मात्र विकल्प रहेको; १) वामपन्थले अहिलेको सङ्कट समाधान गर्दै अगाडि बढ्छ; २) वर्तमान सङ्कटले वामपन्थलाई पुनगर्ठन गर्दछ’ भन्नुभयो ।

    आजको वामपन्थमाथि बहस गर्दै माओवादी नेता राम कार्कीले पार्टीको नेतृत्व नै संसद्मा पसेका कारण नै कम्युनिस्ट पार्टीहरू संसदीय खाडलमा जाकिएको बताउनुभयो । ‘यो क्रम जारी रहने हो भने भविष्यको पुस्ताले वामपन्थलाई ढोँगी भनेर बुझ्ने त होइनन् ?’ भनेर प्रश्न गर्नुभयो । पुँजीवादी राज्यसत्ताको निर्माणभन्दा पहिले पुँजीवादी संस्कृतिको विकास भइसकेको बताउँदै लेनिनले माक्र्सवादमा धेरै कुरा थप्नुभयो तर नेपालको माक्र्सवाद धर्मग्रन्थ जस्तो भयो । धार्मिक ग्रन्थमा जुन कुरा लेखिएको हुन्छ, त्यसमा एक शब्द पनि थप्न पाइँदैन, त्यसैगरी नेपालको माक्र्सवादमा थप्ने कुरा नभएकाले नै वामपन्थ कमजोर हुँदै गएको उहाँको तर्क थियो ।

    नेपालको वामपन्थलाई प्रष्ट पार्दै प्राध्यापक पिताम्बर शर्माले यसका निम्न चरित्रहरू रहेको बनाउनुभयो : १) द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनको विश्लेषण पद्धतिमाथि विश्वास गर्ने, २) लोक–कल्याणकारी राज्य र सामजिक न्यायमा आधारित अग्रगामी सामाजिक, राजनीतिक, आर्थिक रूपान्तरणको पक्षपाती, ३) विपन्न र आधारभूत वर्गको रक्षाका लागि राज्यको दायित्व छ भन्नेमा विश्वास राख्ने, ४) स्वाधीन र स्वतन्त्र अर्थतन्त्रको हिमायती, ५) साम्राज्यवादी शोषण र उत्पीडनको विरोधी, ६) सबै प्रकारका जातीय, क्षेत्रीय र लैङ्गिक विभेद र उत्पीडनको विरोधी, ७) पर्यावरणीय शोषणको विरोधी र पर्यावरणीय सन्तुलनका पक्षपाती, ८) पञ्चशीलतामा आधारित असंलग्न परराष्ट्र नीतिको पक्षपाती—यी सबै चरित्रको मूल आधार भनेको समावेशी लोकतन्त्र भएको प्रा शर्माको तर्क थियो ।

    वामपन्थको बहसमाथि नेकपा (एमाले) का स्थायी समिति सदस्य मणि थापाले एमाले तथा माओवादी दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने हुनाले विद्रोह गरेर नयाँ र्याडिकल वामपन्थी पार्टी बनाउनुपर्ने बताउनुभयो । ‘एमाले र माओवादी पार्टीमा वामपन्थको कुनै मुद्दा नै नभएको बताउँदै उहाँले घनश्याम भुसाल तथा राम कार्कीलाई नयाँ मुद्दासहितको वामपन्थको दस्तावेज तयार पार्न अनुरोध गर्नुभएको थियो । एमाले पार्टीमा बा भनेर चिनिने ओलीप्रति सङ्केत गर्दै उहाँले बाले जे भन्छन्, त्यही अनुशरण गर्नुपर्ने अवस्था रहेको र त्यो नैतिक कुरा नरहेको उहाँको धारणा थियो । एमाले, माओवादी जस्ता पार्टीले संसदीय व्यवस्थासँग आत्मसमर्पण गरिसकेको हुँदा यदि र्याडिकल पार्टीको दस्तावेज तयार हुन्छ भने त्यसलाई सहयोग गर्ने, त्यसका साथै नयाँ मुद्दासहितको ¥याडिकल पार्टीको लागि आफू विद्रोह गर्न तयार रहेको उहाँको धारणा थियो ।

    आजको वामपन्थको विषयमा यो पङ्क्तिकारले १) द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, २) सांस्कृतिक साम्राज्यवाद, ३) जनवादी केन्द्रीयता, ४) वर्गसङ्घर्ष, ५) वर्ग र जातिबिचको अन्तरविरोध, ६) सङ्घीयताको विरोधलगायतका विषयमा टिप्पणी गरेको थियो । सप्तरी र सर्लाहीका दुर्गम गाउँ पछाडि पर्नु, कर्णालीका दुर्गम गाउँले विभिन्न सेवा र सुुविधाबाट वञ्चित हुनुलगायतको एउटा कारण सिंहदरबार जस्तो जेठा बाले सबै अधिकार कब्जा गर्नाले हो तर त्यसको विकल्पमा जनकपुर, सुर्खेत, हेटौँडा जस्ता माइलाबाहरूको उदय हुनु उचित नभएको भन्ने भनेर पङ्क्तिकारको तर्क थियो । माइलाबाहरूको उदयले देशलाई अनावश्यक आर्थिक भार बढ्दै गएको, अन्ततः मुलुक श्रीलङ्का बन्ने स्थिति सिर्जना भयो भनिरहँदा कतिपय टिप्पणीकारले यस प्रकारको तर्क सङ्घीयता विरोधी भयो भनी दुखेसो व्यक्त गरेका थिए । दक्षिणतर्फबाट भारतले हिन्दु राज्यका लागि दबाब दिनु, अनि पश्चिमतर्फबाट इसाईकरणको लागि प्रोत्साहित गर्दै सांस्कृतिक साम्राज्यवादको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा नेपालको वामपन्थ, त्यसको प्रतिरोधी हुनुपर्ने यो पङ्क्तिकारको तर्क थियो । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा नै आजको वामपन्थलाई बलियो बनाउने सकिने हुँदा यो विषयलाई प्रमुख मुद्दाको रूपमा उठाइनुपर्ने पङ्क्तिकारको तर्क थियो ।

    आजको वामपन्थको बारेमा सैद्धान्तिक रूपमा विभिन्न चरित्रका बारेमा व्याख्या र विश्लेषण गर्न सकिन्छ तर मूल कुरा त्यो मात्र होइन । धनबहादुर नाम लेखेकै आधारमा कोही व्यक्ति धनी हुन्छ भन्ने होइन । कसैले आफ्नो नाम लेनिन राख्दैमा त्यो क्रान्तिकारी हुँदैन । कसैले आफूलाई र्याडिकल वामपन्थीको रूपमा परिभाषित गर्दैमा असली वामपन्थी हुने पनि होइन । सिद्धान्त र व्यवहारबिचको अन्तरविरोधलाई समाधान गर्दै जाँदा नै वामपन्थको स्थिति प्रष्ट हुँदै जाने हो । महिला मुक्तिको ठुला ठुला भाषण गर्ने, अनि आफै घरमा महिला हिंसाको भागिदार हुने, द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रवचन दिँदै हिड्ने, अनि सेतो कपडा लगाएर पिण्डदानमा सहभागी हुने—यस प्रकारको द्वैध चरित्रले वामपन्थको बलियो हुन सक्दैन । व्यक्तिगत स्वार्थमाथि केन्द्रित हुने होइन, बढीभन्दा बढी श्रमजीवी जनताको हित र स्वार्थका लागि आफ्नो भूमिका निर्धारण गर्दै जानुपर्यो । जनवादी केन्द्रियता, अनुशासन जस्ता लेनिनवादी सङ्गठनात्मक सिद्धान्तप्रति अभ्यस्त हुँदै जानुपर्यो । त्यो अवस्थामा नै आजको वामपन्थले आफूलाई समृद्ध बनाउँदै जाने छ ।

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.