सुर्खेत । रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही अस्वस्थ हुनुभएको छ । महासचिव शाहीलाई अस्पताल भर्ना गरिएको छ।
Advertisement
शुक्रबार राति एक्कासी रक्तचाप बढेपछि शाहीलाई सुर्खेत अस्पतालमा लगिएको थियो । पुनः रक्तचाप उच्च भएपछि उहाँलाई थप उपचारका लागि तत्काल कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ । अहिले स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शाहीको उपचारमा संग्लग्न वरिष्ठ चिकित्सक केन पौडेलले उच्च रक्तचापको समस्याले बिरामीलाई कुनै पनि बेला मुटु वा दिमागमा हान्न सक्ने भएकाले उहाँलाई चिकित्सकको निगरानीमा एचडीयूमा राखेर उपचार गरिएको बताउनुभयो ।
डाक्टर पौडेलका अनुसार उच्च रक्तचापको समस्या त हट्यो तर उहाँमा बेल्सपायलसी भन्ने एकप्रकारको भाइरल रोगको संक्रमणमा पर्नु भएको छ । अब फिजियो थेरापी उपचार गरिने छ ।