घर त बुढाले तिमी जन्मिनु भन्दा पैले नै बनाइ सकेका थिए।
तिमी त्यही घरमा जन्मिएको कुरा
सारा गाउँले र तिम्रा जन्मदर्ता कागज पत्रले बताई रहेका छन्।
त्यही पुरानो घरलाई लिपपोत टालटुल गर्ने क्रममा तिम्ले पनि हात लगाएको कुरा सत्य हो।
कैले ढुङ्गा माटो कैले खरको मुठा
कैले डॉडाभाटा पुग्न दिएको पनि सत्य हो।
किन कि तिमी पनि त्यहि घरमा बस्थेउ।
त्यही घरमा हुर्केउ त्यही घरमा बढेउ
त्यही घरमा पढेउ
त्यसैले तिम्ले पनि घर मर्मतमा सहयोग गरेउ।
आज तिमी भनि रहेका छौ
त्यो घर मैले बनाएको हो
मेरो पनि लगानी छ
मैले ढुङ्गा पुग्न दिएको हुम्
मैले माटो मुछेको हुम्
त्यसैले मैले हिसाब किताब पाउनु पर्छ
कि त्यो घर भत्काउन पाउनु पर्छ।
यति भनि रहँदा
म कहाँ जन्मिएँ
कहाँ हुर्किएँ
कस्ले हुर्कायो बढायो पढायो
कस्तो सँस्कारमा हुर्कें
यदि यो घरमा नहुन्थें भने म कस्तो हुँदो हुम्
यदी राम्रो संस्कार नपाएको भय म कस्तो हुँदो हुम्
आज आफैँलाई हुर्काउनी बढाउनी पढाउनी
र राम्रो संस्कार दिनी बुढालाई
अर्ति उपदेश दिनी हुन्थेँ की हुने थिइन होला
भन्ने सोचेको खोई ?
तिमिले यो गरें उ गरें भनेर
फेहरिस्ता पेस गरि रहे पनि बुढाले भने
मैले यो गरें उ गरें भनेर भन्दैनन्।
भनम भने त उनले पनि भन्न सक्थे होला
हुर्काएँ बढाएँ पढाएँ
हात खुट्टा डुँणो बनाइन
आँखा कानो बनाइन
घाम पानी आगो भिर बाट जोगाएँ
आफ्नो पराई चिनाएँ
सहि मार्गमा हिनाएँ आदी इत्यादि।
तर पनि उनी भन्दैनन्
किन भने त्यो उनको कर्तव्य थियो
उनि त्यही सोच्छन्।
तिम्ले उनलाई केही नजानेको
केही नबुझेको बिग्रेको भत्केको जे भने पनि
उन्ले तिम्लाई राम्रोसँग चिनेका छन्
बुझेका छन्।
हिजो पनि तिम्रो भाषा बुझ्थे
आज पनि बुझ्छन् बुझेका छन्।
यहि नै हो तिम्रो र उनको फरक।
त्यसैले त उनी महान छन्
उनको सहनशीलतामा
महानता लुकेको छ।
(प्रेम गाएक पोखरा)