काठमाडौं । सरकारले आगामी जेठ पहिलो साता संघीय संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।
Advertisement
मन्त्रिपरिषद् बैठकले आगामी जेठ ४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले जेठ ४ गते अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बजेट अधिवेशन बोलाउने गर्ने निर्णय गरेको खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए।
उनले संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी अधिकारी समक्ष सिफारिस गर्ने निर्णय गरिएको पनि जानकारी दिए।