काठमाडौँ । बलेफी हाइड्रोपावर आइपीओ मंगलबार बाँडफाँट भएको छ।
Advertisement
गोलाप्रथा माध्यमबाट बाँडफाँट भएको कम्पनीको आईपीओ १ लाख ६६ हजार ३ सय ४५ जनाले हात पारेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
यसमध्ये १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले आईपीओ हात पारेका हुन्।
कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरिएको थियो।
यसमा २१ लाख ७१ हजार ७ सय ४० जनाले आवेदन दिएका थिए। कम्पनीका अनुसार ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भएको थियो।
आवेदन दिएका २१ लाख ६८ हजार एक सय जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो।