• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गत पाँच वर्षमा झिमरुक गाउँपालिकामा के कस्ता विकास भए ?


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • आ.व. २०७४ :  ७५ देखि २०७८ : ७९ को चैत मसान्तसम्म भएका मुख्य उपलब्धि
    सवै वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ ।
    ९८.९८ किमि सडकको नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।
    १०४.४१ किमि सडक ग्राभेल गर्ने कार्य सम्पन्न भएको ।
    ८३ ओटा पोखरी निर्माण सम्पन्न भएको छ ।
    १८ ओटा विद्यालय भवन निर्माण भएको ?
    २२ ओटा नयाँ कक्षाकोठा थप भएको छ ।

    Advertisement

    गाउँपालिकाको लागि ९ रोपनी ८ आना जग्गा निःशुल्क व्यवस्था गरी सोको केन्द्र वडा नं. ४ भ्यागुतेमा तोकी सोही स्थानमा सभाहल निर्माण गरी सोही स्थानवाट गाउँपालिकाको कामकारवाही सञ्चालन हुँदै आएकोमा हाल गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

    ओखरकोट स्वास्थ्यचौकीलार्ई स्तरोन्नति गरी गाउँपालिका स्तरीय १५ शैयाको अस्पताल निर्माणका लागि १० रोपनी निःशुल्क जग्गा प्राप्त गरी डी.पी.आर. स्वीकृत भई अस्पताल भवन निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ । हाल चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

    विपन्न वर्गका लागि खरका छाना विस्थापन गर्ने कार्यक्रम अन्र्तगत ९५० घरधुरीलार्ई जस्तापातावाट छाना छाउने काम भएको छ ।

    ४६ ओटा विद्यालयमा ८३ ओटा शिक्षक अनुदान कोटा उपलब्ध गराई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईएको छ ।

    १० प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये झिमरुक गाउँपालिका नेपालको सातौँ र लुम्बिनी प्रदेशमा पहिलो स्थानीय तह हुन सफल भएको छ ।

    पुुँजीगत खर्च ९० प्रतिशतभन्दा वढी खर्च गर्ने पालिकामध्ये झिमरुक गाउँपालिकाले आ.व. २०७७–७८ मा ९२.३६ प्रतिशत खर्च गर्न सफल भई उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।

    वडा नं. ३, ४ र ८ को वडा केन्द्र तोक्ने कार्य भएको छ । वडा नं. १, ३, ४ र ६ वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

    सिँचाइ कुला निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइएको छ । झिमरुक रिङरोडको करिब १२० किमि ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

    करिब ४०० घरधुरीमा एक घर एक धाराको अवधारणाअन्र्तगत स्वच्छ खानेपानी उपलब्ध भएको छ । सबै वडाका सबै घरधुरीमा विद्युतीकरण भएको छ ।

    झिमरुक ८ दियाल्ना र वडा नं. ५ को ओखरकोट नेपानेमा खेलमैदान निर्माण भएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यस्थलभित्र परेको ढाँड रकगार्डेन को डी.पी.आर. तयार भई निर्माण कार्य सुरु भएको छ । पर्यटकीय स्थल ओखरकोट कोटघर जाने ५२३ मि सिढी निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

    तुषाराकोट र स्नाथान र ओखरकोटलार्ई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न डी.पी.आर. तयार गरी सिढी तथा अन्य पूूर्वाधार निर्माण गर्ने कार्य भई रहेको छ । वडा नं. ३ मा एउटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । छ ओटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । विभिन्न सिँचाइ कुला निर्माण गरी सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।

    स्वास्थ्य संस्था नभएका वडा नं. ३, ४ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी ८ रोपनी निःशुल्क जग्गा प्राप्त गरी भवनसमेत निर्माण भएका छन् ।

    कृषि र पशु व्यवसायलार्ई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरी आठओटै वडामा नर्सरी स्थापना गरिएको छ ।

    गाउँपालिकामा ४ रोपनी जग्गा भाडामा लिई एउटा कृषि तालिम तथा प्रर्दशनी केन्द्र स्थापना गरिएको छ ।
    २० ओटा बाख्राको खोर सुधार तथा वडा नं. ४ र ६ मा ८० ओटा बाख्रा र चारओटा उन्नत जातको बोका वितरण गरिएको छ ।
    विद्यालयहरूमा ८३ ओटा शिक्षक अनुदान कोटा उपलब्ध गराई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईएको छ ।

    ओखरकोट र तोरबाङ स्वास्थ्यचौकीबाट अनलाइन रिपोर्टिङ गर्ने कार्य सुरु भएको छ । न्यायिक समितिमा १४० ओटा उजुरी निवेदन परेकोमा ११४ ओटा उजुरी निवेदनमाथि सुनुवाइ गरी न्याय निरुपण गरिएको छ ।

    त्यसैगरी गाउँपालिका निकट समयमा लागि निम्न लक्ष्य निर्धारण गरेको छ :
    गाउँपालिका स्तरीय मुख्य सडक कालोपत्रे गर्ने ।
    वडा नंं. १, २, ३, ७ र ८ का वडा कार्यालय भवन निर्माण गर्ने ।
    तीनओटा वडा नं. ३, ४ र ८ का आधारभूत स्वास्थ्यकेन्द्रको भवन निर्माण गर्ने ।
    झिमरुक रिङरोडको स्तरोन्नति गरी सहज यातायात सुविधा उपलब्ध गराउने ।
    वडा नं. ३, ४ र ८ का आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्ने ।
    झिमरुक गाउँपालिकाका सबै वडाहरूमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने ।
    आवास योजनाअनुसार गाउँपालिकालार्ई पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने ।
    नेपालका १०० पर्यटकीय गन्तव्य स्थलभित्र परेको ढाँड रकगार्डेनको डी.पी.आर. अनुसार निर्माण कार्य अगाडि बढाउने ।
    ओखरकोट नेपाने खेलमैदानलार्ई राष्ट्रिय स्तरको खेलमैदानको रूपमा विकास गर्ने ।

    विपन्न वर्गका लागि खरका छाना विस्थापन कार्यक्रमअन्र्तगत बाँकी रहेका खरका छाना भएका घरधुरीलार्ई जस्तापाता वितरण गर्ने ।

    झिमरुक नदी र गर्तङ खोलामा तपसिल अनुसारका झोलुङ्गे पुल निर्माण गर्ने :
    १. चिसाबाङ झोलुङ्गे पुल : झिमरुक–६ झिमरुक नदीमा
    २. लाकुरी बगर झोलुङ्गे पुल : झिमरुक–१ गर्तङखोलामा
    ३. कोइराले बगैँचा झोलुङ्गे पुल : झिमरुक–४ र ५ गर्तङखोलामा
    कृषि तथा पशु सेवालार्ई प्राथमिकतामा राखी किसानको मागका आधारमा कृषि तथा पशुको व्यावसायीकरण तथा विविधीकरण गरिने ।
    (झिमरुक गाउँपालिकाबाट प्राप्त सूचनामाथि आधारित)

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.