• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

व्यथा


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  •                                                                                लक्ष्मण बेल्बासे
    अहिलेका कुरा । हरिको जीवनमा ठुलो केही परिवर्तन आएको छैन । सहरका साँघुरा पुराना गल्ली । हुन त कुनै बेला राजनीतिकर्मीका लागि सुरक्षित र सस्ता आश्रयस्थल तिनै घर थिए ।

    Advertisement

    हरिनाथ अहिले पनि पुरानै घर छोडेका छैनन् । अहिले पनि भाडा सस्तो यस्तै घरमा पाइने गर्दछ । अँध्यारा गल्ली, पुराना घर । कतै चर्किएका छन् । कतै टेका लगाएर अडिएका छन् । भुइँचालोले घरबेटीका विवशता र गरिबीलार्ई उदाङ्गो पारिदिएको छ । त्यसैमाथि हरिको विवशता उस्तै उस्तै हो ।

    पुरानो खुट्टे खाट । उनले फेरेका छैनन् । खाट आफै फेरिने कुरै भएन । उनको पुरानो साथी त्यो खुट्टे खाट र खुट्टै छोपिने त्यो तन्ना दुवै मिलेर हरिका धेरै कुरा छोपिदिएका छन् ।

    देश र जनताको काम गर्दागर्दै बिहे गर्नेसम्म फुर्सद नपाएका हरि । गणतन्त्रै आए पनि उनको जीवनशैलीमा केही परिवर्तन भएको छैन । रेडियोको सङ्गत छोडेका छैनन् तर एउटा पुरानै मोडेलको भए पनि टिभीको जोहो गरेका छन् ।

    आज पनि सधैँ जस्तै खाना खाइवरी बी.बी.सी. नेपाली सेवा सुनेर सुत्ने तर्खरमा लागेका छन् । अब सुतेरै टिभी पनि हेर्न थालेका छन् ।
    एउटा बहस सुरु भएको रहेछ । पत्रकार र नेताको जुहारी जस्तै लाग्ने त्यो बहसको विषय रहेछ । जनयुद्धपछि लालसन अर्थात् तत्कालीन योद्धाका अवस्थाको बारेमा । पेचिला पेचिला सवाल–जवाफ चलिरहेको छ । तत्कालीन योद्धाका बारेमा अब नेताहरू जानकार हुन छोडिसकेछन् । उनीहरू के गर्दै छन् ? कस्तो अवस्थामा छन् ? अब उनीहरूलार्ई रुचिको विषय पनि भएन । खोला त¥यो, लौरो बिस्र्यो भन्न मन लाग्छ हरिलाई । एक्लो मान्छे, कसलार्ई सुनाउने ? टिभीतिर हेर्छन् । टिभी बोल्छ मात्र, सुन्दैन । टिभीले सुनाउने मात्रै हो, सुन्ने हैसियत राख्दैन । उनलार्ई थाहा छ, भित्तो न सुन्छ, न सुनाउँछ । पार्टीमा यही विषयमा त्यत्रो सङ्घर्ष गरियो । लाग्छ : सुन्ने र बोल्ने दुवै क्षमता राख्नेको पनि केही काम छैन ।

    कार्यक्रम सकिएको छ । एउटा नौलो गीत बजेको छ । गीत कथानक रहेछ । जनयुद्ध र जनयुद्धका कुरा गरेको छ । जनयुद्धको जगमा भएका परिवर्तनको वर्णन गरिएको छ । हिजोका योद्धा पनि श्रम र व्यवसायमा जोडिएको सुन्दा केही क्षण हरि पनि पुलकित हुन्छन् ।

    गीत अगाडि बढ्दै जान्छ । ती श्रव्यदृश्यले क्षणभरमै हरिको मन अमिलो हुँदै जान्छ । ती श्रव्यदृश्यले हरिलार्ई सोच्न बाध्य बनाउँछ । उनको जनयुद्धप्रतिको धारणा नै बदलिए जस्तो लाग्दछ । आफूले महान् ठानेको जनयुद्ध धेरैको बुझाइमा लुटयुद्ध भए जस्तै लाग्यो । हिजोका लालसेनाको जग नै कमजोर थियो जस्तै लाग्यो ।

    यो देशमा जनयुद्धभन्दा पहिले पनि धेरै व्यथा थिए । तिनै व्यथाको जगमा उभिएर तिनै व्यथा हटाउनकै लागि जनयुद्ध भएको थियो । तिनै व्यथामा परेका लालयोद्धाको बलमा जनयुद्ध भएको थियो । त्यो गोलीको प्रहार, ती रगतका छिर्का र त्यो प्रतिशोधको ज्वाला जनयुद्धका हतियार थिए । परिवर्तनप्रतिको त्यो विश्वास, त्यो बलिदान, त्यो समर्पण ती सबै मात्र परिवर्तनका लागि थिए । उनलार्ई लाग्छ, अहिले नेतृत्वमा विचलन अवश्य आएको छ तर हिँजो परिवर्तनका लागि मर्न र मार्न तयार लालयोद्धाको विचलनले उसलार्ई दुखी बनाउँछ ।

    एउटा लालसेना परिवर्तनको वाहक हो । ऊ दुनिया बदल्न सक्छ तर आफू बदलिँदैन । उसको चट्टानी अडान र स्वाभिमान कसैले हल्लाउन सक्दैन । माक्र्सवाद र यसको गुदी द्वन्द्वात्मक भौतिकवादले दीक्षित हुन्छ । यसरी क्रान्तिकारी भावनाले निथु्रक्कै भिजेका योद्धा, जो सधैँ श्रममा विश्वास गर्छन्, श्रमले सृजना हुन्छ । यही उनीहरूको वैचारिक धरातल हुने गर्दछ ।

    तर आज लालयोद्धा नै व्यथामा देख्दा हरि ग्लानिभूत हुन पुग्दछन् । जो अरूकै लागि दुनिया छोड्न तयार हुन्छ, त्यही योद्धा कसरी समाजको व्यथा बन्न सक्छ ? उनलार्ई नरमाइलो लाग्छ । मनमनै भन्न मन लाग्छ– वैचारिक धरातल नै कमजोर थियो । नेतृत्वको अझै ठुलो बेइमानी थियो । होइन भने सङ्घर्षमै जीवन देख्ने योद्धा कसरी विचलित हुन्छ ?

    यो देशमा व्यथा जनयुद्धका लडाकुसँग मात्रै भएको पनि त होइन । फेरि जनयुद्ध गरिब किसान मजदुर तथा सम्पूर्ण देशभक्त परिवर्तनका पक्षधर आम जनताको सहभागिताले सम्भव भएको थियो र त थोरै तर आशातित परिणाम दिन सकेको हो । त्यसपश्चात् नेतृत्वले आशातित परिवर्तनको संस्थागत विकास गर्न नसक्दा देशमा फेरि अझै धेरै व्यथा थपिएको छ तर यो समग्र गरिब किसान मजदुर तथा सम्पूर्ण उत्पीडित नेपालीकै व्यथा हो । यो व्यथाले कसैलार्ई अछुतो राखेको छैन ।

    हरि भन्छन्– यसैले त म भन्छु, अझै लडाइँ सकिएको छैन । व्यवस्था फेरियो । अब अवस्थामा पनि सकारात्मक परिवर्तन ल्याउन अर्को ठुलो लडाइँको तयारी जरुरी छ तर लालयोद्धाहरू नै सानो मासु पसलबाट आशातित प्रतिफल नआउँदा विचलित भई कोही विदेशको गुलाम स्वीकार्न पुग्दछन् त कोही कसरी असामाजिक कार्य गर्न पुग्दछन् ? त्यसैले दृष्यमा देखाइएका जस्तै पात्र लालयोद्धा हुनै सक्दैनन् । उनलार्ई लाग्छ, यो व्यथा लालयोद्धाको व्यथा हुनै सक्दैन ।

    गीत पनि सकिन्छ । यस्तै कुरा सोच्दासोच्दै हरि पनि निदाउँछन् ।
    अर्को दिन सुरु भइसकेको छ । जाडो सकिएकाले अब मुख धुन पनि त्यति अप्ठेरो मान्नुपर्दैन । हरि हातमुख धोएर पत्रिका पसलतिर निस्किएका छन् । सबै सञ्चारका मध्यमभरि व्यथाकै चर्चा चुलिएको छ ।

    उनी भन्छन्– नेतृत्वको असफलताको मूल कारणले व्यथा बढेको छ । गीतको क्रिया–प्रतिक्रिया सुनेर, हेरेर हरिलार्ई कता कता मन पोलेर आउँछ ।
    भित्री मनले भन्छ, हैन, जनयुद्धलार्ई कस्तो अवस्थामा टुङ्ग्याउन पुग्यौँ ? त्यो आवश्यक थियो या थिएन ? जनयुद्ध कसैको मनको लहड थियो या योजनाबद्ध ? आफै नेता भएका हरि अल्लमल्ल पर्दछन् । योजनाबद्ध थियो भने योद्धा किन व्यथा बोक्न बाध्य भए ? उनलार्ई लाग्छ, युद्धको अन्त्य नै युक्तिसङ्गत भएन । व्यवस्थापन युक्तिसङ्गत भएन ।

    आफ्नै कमरेडहरूको गीत प्रसारण बन्द गरिनुपर्छ भन्नेसम्मका माग हेर्दा हरिलार्ई पञ्चायतकै झल्को आउँछ । यस्तै व्यथा पोख्नेका हिजो आवाज बन्द गर्ने कोसिस हुन्थ्यो । स्टेजमा गिटार खोसिन्थ्यो र मादल फुटाउँदै अराष्ट्रिय तत्वको बिल्ला भिराएर कारबाही चलाइन्थ्यो र धेरै व्यथामा पारिन्थ्यो । यस्तै यस्तै व्यवस्था विरुद्धको प्रतिकारको अर्को रूप जनयुद्ध थियो । त्यो युद्ध सबै व्यथा बोकेकाहरूकै सामूहिक प्रयास थियो । यिनै व्यथाहरूको निवारण हुन्छ भनेरै सबै गरिब किसान मजदुर योद्धा बनेका थिए । हजारौँ गरिब किसानले सहादत प्राप्त गरेर नयाँ व्यवस्थाको निर्माण गर्दा पनि तिनै योद्धा अझ कठिन व्यवस्थामा छन् भने जवाफ नेतृत्वले दिने र जिम्मेवारी लिएर क्षमायाचना गर्ने हो या यस्तै सिर्जना भनौँ या पीडाका आवाज बन्द गर्ने प्रयास गर्ने हो ।

    हरि अलमलमा पर्छन् ः हामी पश्चगमनमा छौँ या अग्रगमनको यात्रामा ?
    लालयोद्धा आफ्नो विचारमा दृढ हुन्छन् । परिवर्तनप्रतिको उसको विश्वास नै उसको लडाइँको आधार हुन्छ । न त ऊ लान्छनाले विचलित हुन्छ, न प्रशंसाले पुलकित हुन्छ । यस्तै मनभरि कुरा खेलाउँदै हरि कोठा पुग्दछन् । टिभी खोल्छन् । आफ्नै कमरेडको अन्तरवार्ता चलिरहेको छ ।

    कमरेड भन्छन्– आफू त तथाकथित उपल्लो जातमा जन्मिएको मान्छे तथा कथित दलितहरूको मुक्तिको लागि लडियो, भिडियो । आज तिनै हामीलार्ई व्यथा दिने र समाजमा व्याप्त व्यथा उजागर गर्ने यिनै दलित भएका छन् । हाम्रा कमी–कमजोरी समाजमा उजागर गरिदिने भएका छन् । उनको आक्रोश बेग्लै छ ।

    हरि अचम्म मान्छन् । हरि भन्छन्– यहाँ दलितलार्ई दलित बनाउने पनि यहीँका आफूलार्ई उपल्लो जातिको भन्न रुचाउनेहरू नै हुन् । दोस्रो कुरा दलित नै नभए यिनीहरू कसरी उपल्लो जाति को हुने ? हरि आफै रनभुल्लमा पर्छन् ।

    यहाँ गणतन्त्र कोही अमुख, एउटा व्यक्ति वा वर्ग जातिविशेषको दानमा आएको हैन । सबै वर्ग, जातिको सामूहिक प्रयासले खोसेर ल्याएको हो । त्यसैले कोही जाती या वर्गविशेषले हक जनाउने अधिकार पनि राख्दैन । आफ्नै कमरेडलार्ई मुखभरि जवाफ दिऊँ जस्तो लाग्छ हरिलार्ई तर टिभी बोल्छ मात्रै, सुन्दैन ।

    अन्तर्वार्ता सुन्दै गर्दा भात पनि पकिसकेछ। सिठ्ठी बजाएर कुकरले सङ्केत ग¥यो । हरि ग्यास बन्द गर्नतिर लाग्छन् ।
    अब त अन्तर्वार्ता पनि सकिएछ । उता, हरिको मनमा अन्तरवार्ता सुरु अब हुन्छ । उनकै अन्तर्मनले अनेक प्रश्न गर्छ । हरि सकेजति जवाफ दिने कोसिस गर्छन् ।

    हरि मनलार्ई भन्छन्– कला, सङ्गीत र सृजना जहिले पनि समाजमा तैरिरहन्छन् । यिनै गीतसङ्गीतले समाजको बिम्ब प्रस्तुत गर्दछन् । दुधमा तैरिएको तरले दुधको गुणस्तर बताउँछ । पहिले पहिले घरका पीडा जङ्गलमा घन्किन्थे । अपफ्नै रूपमा अभिव्यक्त हुन्थे । तिजमा चेलीका पीडा गीतसङ्गीतको माध्यमबाट अभिव्यक्त हुन्थे । हाम्रो समाज आधुनिक युगमा प्रवेश गरेको धेरै भएको पनि छैन तर पनि सूचना सञ्चारको तीव्र विकास भइसकेको छ अहिले नै । त्यसैले यस्ता पीडाका अभिव्यक्ति थुनेर थुनिने पनि होइन । समाजमा कुनै न कुनै रूपमा प्रस्फुटित भइरहन्छ ।

    यो व्यथा समग्र देशकै व्यथाको अभिव्यक्ति हो । यहाँ विदेश जनयुद्ध पूर्व पनि गइन्थ्यो र देहव्यापार पनि । कोही व्यक्तिविशेष यस्ता कार्यमा लाग्दा अपमानित हुने र यही देशका अन्य कमजोर र बाध्य हुनेहरूले गर्दा स्वाभाविक कदापि हुन सक्दैन । त्यसैले यस्तै देशभरिकै व्यथाको निवारणका लागि सर्जक र परिवर्तनकारीको सम्मान जरुरी छ ।

    हिजो परिवर्तनको आश देखाएर बिच बाटोमा छाड्नेहरूको विरुद्ध धावा बोल्नु योद्धाको स्वभाव हो । वास्तविकतासँग साक्षात्कार गर्ने हिम्मत परिवर्तनकारीमा हुनुपर्दछ । भ्रष्ट नेतृत्वको भण्डाफोर गर्दै नयाँ नेतृत्वको विकास गर्ने आँट परिवर्तनको मसाल बोक्ने सँग हुनपर्दछ । अनि, मात्र यो देशबाट व्यथा सकिने छ । होइन भने कुनै न कुनै रूपमा अभिव्यक्त भइए नै रहने छ । त्यसैले साँच्चिकै परिवर्तनका पक्षधरले सर्जकप्रति होइन, आफ्नो नेतृत्वप्रति प्रश्न उठाउन सक्नुपर्छ ।

    व्यवस्था बदलिएर पनि अवस्थामा सकारात्मक परिवर्तन किन हुन सकेन ? जवाफ नेतृत्वले दिनुपर्छ । होइन भने नेतृत्व बदल्ने हिम्मत जनसेनाले जुटाउनुपर्छ । आफ्नै नेताले हिलो छ्याप्दै हुइकिँदा आफूलार्ई कमजोर ठान्ने सेना जनसेना हुनै सक्दैन । आफ्नै नेता वर्ग बदलेर वर्गशत्रु भइसकेको बुझ्न सक्नुपर्दछ । नयाँ तथा पुराना सबै नयाँ व्यथाका नयाँ कारक, सबै वर्गशत्रुको किटान गरेर नयाँ नेतृत्वको विकास गदै नयाँ क्रान्ति आहवन गर्ने सेना मात्र जनसेना हो । पुँजीगत लाभहानी हिसाब खोज्दै व्यथा बोक्ने सेना कहिल्यै लाल सेना हुन सक्दैन । त्यो त समाजको व्यथा मात्र हो ।

    हरि आफैले आफैलार्ई उत्तर दिँदा पनि उत्तेजित देखिन्छन् । उनको अनुहार रातोपिरो भएको छ । नयाँ सामन्त र ठालुको विरुद्धमा एक्लै प्रतिकारमा उठौँ जस्तो लाग्छ । आफ्नै मनले शान्त पार्न खोज्छ । असङ्गठित बल दुस्मनको सामु फिक्का हुने छ ।
    हरि फेरि गर्जिन्छन् । सबै सेना एकबद्ध हौँ ! लडाइँ अझै बाँकी छ । विद्रोह सुरु गरौ । व्यथा अब हाम्रो खुसी खोस्नेलार्ई दिन सुरु गरौँ । सबै उत्पीडित एक ठाउँमा एकताबद्ध भएर व्यथा निवारणमा जुटौँ । यो व्यथा जनमुक्ति सेनाको मात्र होइन, समग्र उत्पीडित वर्गको व्यथा हो । अब समानताको खोजीमा लागौँ ।

    हरिको सास बढेको छ । बिस्तारै शान्त हुन खोज्छन् ।
    उता, भात चिसो भइसकेको छ । खाना चिसो भयो भन्ने पनि कोही छैन । यसो हेर्छन् । तरकारी पकाउन त बाँकी नै रहेछ । थालको भात कुकरमा खन्याउँछन् । कराही खोज्न थाल्छन् ।

     

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.