काठमाडौं । उपनिर्वाचनमा प्रदेसभातर्फ भक्तपुरको प्रदेश १ (क) मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका डीपी ढकाललाई २ हजार २४३ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
Advertisement
कांग्रेसका भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् भने, ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरेका छन् । त्यस्तै मजदुर किसान पार्टीका उम्मेदर निरज लवजूले ५ हजार २९ मत प्राप्त गरेका छन् ।
मतपरिणमको औपचारिक घोषणा हुन भने बाँकी छन् । यसअघि सो क्षेत्रमा नेकपाले जित हासिल गरेको थियो ।