काठमाडौँ । अखिल नेपाल युवक सङ्घ बागलुङ जिल्ला समितिका सचिव वीरेन्द्र थापा (भागिन्द्रकुमार थापा) ले फुटपरस्त तत्त्वलाई झुटको खेती नगर्न आग्रह गर्नुभएको छ ।
फुटपरस्त तत्त्वद्वारा हिजो माघ १५ गते सम्पन्न गरेको भनिएको भर्चुअल भेलाद्वारा क्रम सङ्ख्या २४ मा वीरेन्द्र थापालाई केन्द्रीय सदस्य उल्लेख गरेपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँ उक्त भेलाको सन्दर्भमा आफ्नो सहमति, संलग्नता र सम्पर्कसमेत नभएको पनि बताउनुभएको छ ।
२०७८ माघ १६ गते उहाँले यस सम्बन्धमा लेख्नुभएको छ–
“मिति २०७८/१०/१५ गते का दिन राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको भर्चुअल भेला बैठकद्वारा केन्द्रीय समन्वय समितिको केन्द्रीय भेलाबाट केन्द्रीय समितिमा क्रम सङ्ख्या २४ नम्बरमा रहेको वीरेन्द्र थापा केन्द्रीय सदस्यमा सामाजिक सञ्जालमार्फत जुन नाम आएको छ, त्यो झुट र भ्रमको पराकाष्ठा हो । हालसम्म राजमो केन्द्रीय समन्वय समितिमा मेरो कुनै पनि संलग्न साथै सहमति नभएको जानकारी साथै सम्पर्क पनि नभएको खबर यसै सामाजिक सञ्जालमार्फत जानकारी गराउँछु । कोही कतै भ्रममा नपरौँ ।”