• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

हङ्‌कङका आन्दोलनकारीलाई समर्थन गर्ने विधेयकमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर


  •   बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्।अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ।

    Advertisement

    हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ।

    ट्रम्पले “राष्ट्रपति सी (जिन्पिङ), चीन र हङ्‌कङका जनता ”प्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताए।

    चीनले के गर्ला?
    तर त्यो कानुनले बेइजिङलाई क्रुद्ध बनाउनेछ। चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप नगर्नू चेतावनी दिइसकेका छन्।अमेरिकी राष्ट्रपति ट्रम्पले चीन अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्। उनले हङ्‌कङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन्। त्यसले हङ्‌कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाइदिएको छ।

    ट्रम्पको भनाइमा “चीन र हङ्‌कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर (ती विधेयकहरू) लागु गर्न लागिएको”हो।

    नयाँ कानुनमा के छ?
    उक्त विधेयक गत जुन महिनामा हङ्‌कङमा प्रदर्शनहरू सुरु हुन लाग्दा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएको र गत महिना कंग्रेसबाट अत्यधिक बहुमतले पारित भएको थियो।

    त्यो विधेयक भन्छः“हङ्‌कङ चीनको भाग हो र त्यसको आफ्नै कानुनी र आर्थिक व्यवस्था छ। वार्षिक समीक्षाले हङ्‌कङको कानुनमा निर्दिष्ट गरिए झैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानुनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आकलन गर्नेछ।”

    चिनियाँ मुख्य भूमिमा लागु हुने अमेरिकी कर वा नियम स्वायत्त क्षेत्रको रूपमा रहेको हङ्‌कङमा चाहिँ लागु हुने गरेको छैन।त्यो कानुनमा अमेरिकाले हङ्‌कङका नागरिकलाई विरोधका क्रममा पक्राउ परेको अवस्थामा पनि प्रवेशाज्ञा दिन सक्ने व्यवस्था गरिएको छ।

    हङ्‌कङको अवस्था कस्तो छ?
    हङ्‌कङमा गत जुन महिनामा सुरु भएको प्रजातन्त्रपक्षीय प्रदर्शन केही दिनअघि सम्म जारी थियो।त्यसले बृहद् प्रजातन्त्रिक आन्दोलनको रूप लिइसकेको छ।
    हिंसात्मक प्रदर्शन चर्किँदै गर्दा प्रदर्शनकारीहरूले बेइजिङ पक्षधर भनिएका व्यापारिक प्रतिष्ठानहरूलाई ताकेर पेट्रोल बम प्रहार गरेका छन्।

    प्रदर्शनकारीहरूले प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै विरोध गरिरहेका छन्।हङ्‌कङमा आइतवार स्थानीय परिषद्‍को निर्वाचनमा भएको थियो।निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूले अत्यधिक बहुमत ल्याए। कुल १८ वटा परिषद्‌मध्ये १९ बटामा उनीहरूको विजय भयो।

    हङ्‌कङ सन् १९९७ सम्म ब्रिटेनको उपनिवेश थियो।अहिले एक चीन, दुई प्रणालीु अन्तर्गत हङ्‌कङ चीनको अर्धस्वयात्त भूभागको रूपमा रहेको छ।सरकारले मुख्यभूमि चीनलाई हङ्‍कङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ।(बीबीसी)

    बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.