• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

सीमा अतिक्रमण विरुद्ध ‘कालापानी मार्च’ सुरु

"टोली नेता नन्दराज भट्टलाई पार्टीको झण्डा हस्तान्तरण "

  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाले कालापानीलगायत क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण विरुद्ध ‘कालापानी मार्च’ सुरु गरेको छ । धनगढीमा विशेष कार्यक्रम गरी मार्च सुरु गरिएको राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले जानकारी दिनुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले प्रदेश अध्यक्ष नन्दराज भट्टलाई पार्टीको झण्डा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै नेता भट्टले अहिले सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय एकता कायम भएकोले अतिक्रमण हटाउन उपयुक्त मौका आएको बताउनुभयो ।

    केन्द्रीय सदस्य भट्टले कालापानीबाट भारतीय सेना फिर्ता गर्न र भारतले अतिक्रमण गरेको भूभाग तत्काल फिर्ता गर्न सरकारलाई ढिला नगरी पहल चाल्न पनि सुझाव दिनुभयो । उहाँले दार्चुला लगायत देशभर अतिक्रमित भूमिबारे चर्चा गर्दै ति सबै क्षेत्र खाली गराउन जनताको ऐक्यवद्धता र दबाव आवश्यक रहेको पनि बताउनुभयो ।

    नन्दराज भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन राजमोका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल तथा स्वागत अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) का केन्द्रीय सदस्य उमेश कँडेल र नेपाली कांग्रेसका नेता हरि रेग्मीले शुभकामना दिनुभएको थियो ।

    यस्तै, युएई नेपाली एकता समाजका सभापति जय बहादु, बिकले पनि कार्यक्रम प्रति ऐक्यवद्धता जनाउनुभएको राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

    राजमोले आजबाट सुरु गरेको मोटरसाइकल र्‍याली सुदूरपश्चिमका विभिन्न पहाडी जिल्ला हुँदै दार्चुला पुग्नेछ भने १७ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा समापन हुनेछ । समापन कार्यक्रममा राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

    धनगढीबाट सुरु भएको मोटरसाइकल र्‍याली आज अत्तरिया, बुडरलगायतका स्थामा कोणसभा गरी डडेल्धुरा बास हुनेछ भने भोलि डडेल्धुराका कार्यक्रम गरी गोकुलेश्वरका लागि अघि बढ्ने कार्यक्रम छ ।

    यस्तो छ, कार्यक्रमको रुपरेखा

    १- २०७६ मंसिर ७ गते विहान ८ बजे धनगढी पत्रकार सम्मेलन
    २- २०७६ मंसिर ११ गते विहन १० बजे धनगढी एलएन चौक कालापानी अभियानको उद्घाटन
    ३- २०७६ मंसिर ११ गते दिउँसो १ बजे अत्तरिया चौक र्‍याली तथा सभा
    ४- २०७६ मंसिर ११ गते दिउसो ४ बजे डोटी, बुडर बजार र्‍याली तथा सभा
    ५- २०७६ मंसिर १२ गते विहान ८ बजे डडेल्धुरा बसपार्क र्‍याली तथा सभा
    ६- २०७६ मंसिर १२ गते दिउँसो १ बजे बैतडी पाटन र्‍याली तथा सभा
    ७- २०७६ मंसिर १३ गते दिउँसो १ बजे दार्चुला खलंगा र्‍याली तथा सभा
    ८- २०७६ मंसिर १४ गते दिउँसो १ बजे दार्चुला गोकुलेश्वर र्‍याली तथा सभा
    ९- २०७६ मंसिर १५ गते विहान ८ बजे गोठालापानी , बैतडी र्‍याली तथा सभा
    १०- २०७६ मंसिर १५ गते दिउँसो ३ बजे दिपायल डोटी र्‍याली तथा सभा
    ११- २०७६ साल मंसिर १७ गते दिउँसो १२ बजे महेन्द्रनगरको मदन चौक समापन सभा

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.