• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘कालापानी अभियान’ सफल पार्न राजमोको अपिल, यस्तो छ कार्यक्रम

"समापन समाराेहलाई अध्यक्ष केसीले सम्बाेधन गर्ने "

  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले ‘कालापानी अभियान’ सफल पार्न सबैसँग आग्रह गरेको छ । राजमोले सीमा अतिक्रमण विरुद्ध यही मंसिर ११ गतेदेखि १७ गतेसम्म धनगढी–दार्चुला मोटरसाइकल र्‍याली गर्न लागेको हो ।

    Advertisement

    कार्यक्रमको रुपरेखासमेत सार्वजनिक गर्दै राजमोले भारतीय पक्षले गरेको सीमा अतिक्रमण र जाली नक्सा खारेजीको अभियानमा सहयोग पुर्याउन सबैसँग आग्रह गरेको छ ।

    ११ गते धनगढीबाट सुरु गरिने मोटरसाइकल र्‍याली सुदूरपश्चिमका विभिन्न पहाडी जिल्ला हुँदै दार्चुला पुग्नेछ भने १७ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा समापन हुनेछ ।  समापन कार्यक्रममा राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

    यस्तो, छ राजमोको अपिल
    मंसिर ११ गते देखि १७ गतेसम्म सञ्चालित कालापानी अभियानलाइ सफल पारौं ।
    कालापानी, लिपुलेक र लिम्पीयाधुरा हाम्रो हो,
    भारतीय साम्राज्यवादी सेना फिर्ता गर ।
    भारतीय जाली नक्सा खारेज गर ।

    अपिल
    २०७६ साल कार्तिक १७ गते भारत सरकारले जारी गरेको नक्सामा नेपालको दार्चुला जिल्लाको उत्तरमा अवस्तिथ कालापानी, लिपुलेक र लिम्पीयाधुराको उच्च हिमाली भू-भागलाई भारतीय नक्सामा सामेल गरी सार्वजनिक गरेको छ । नेपालको अविच्छन्न तथा अविभाज्य सार्वभौमिकता भित्र पर्ने भू-भागलाई भारतले आफ्नो नक्सामा सामेल गर्ने कार्यले नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि ठाडै हस्तक्षेप भएको छ ।भारतीय साम्राज्यवाद द्वारा नेपालको अस्मितामाथि गरिएको ठाडो हस्तक्षेपको कडा विरोध गर्दै नेपालको एक –एक इञ्च भूमिको रक्षाकालागि लडने दृढता समेत प्रकट गर्दछौं ।

    नेपाल र व्रिटिस भारतका बिच सन् १८१६ मा भएको सुगौली सन्धीको धारा ५ , व्रिटिस भारत र नेपालको संयुक्त सहमतीमा विगतमा तयार गरिएका नक्सा , दार्चुला जिल्लाको साविक व्यास गा. वि .स. वा.न. १ छाङ्गरुमा विगतमा गरिएको जनगणना तथा निर्वाचन लगाएतका प्राप्त कयौं प्रमाणको आधारमा यो भन्नकालागि पर्याप्त आधार छ कि, भारतद्वारा अतिक्रमित कालापानी लगाएतका भू-भाग नेपालको अविभाज्य सार्वभौमिकता भित्र पर्दछन ।

    नेपालको सार्वभौमिकता भित्र पर्ने भू-भागलाई भारतले आफ्नो नक्सा भित्र सामेल गर्नु तथा सन् १९६० देखि कालापानी क्षेत्रमा भारतीय सेना कब्जा गरेर बस्नुुले नेपालको सावैभौमिक सत्ता र अखण्डतामा गम्भिर खतरा उत्पन्न भएको छ । त्यो खतराका विरुद्ध लड्नु सबै देशभक्त नेपालीहरुको दायित्व हुन जान्छ । यो खुशीको कुरा हो की कालापानी सहितको भू-भागलाई भारतले आफ्नो नक्सामा सामेल गर्ने कार्य तथा कालापानीमा भारतीय सेनाको उपस्थितीका विरुद्ध सम्पूर्ण देश एक ठाउँमा उभिएको छ । राष्ट्रियताका पक्षमा देखापरेको यो एकतालाई थप सुदृढ बनाउन तथा कालापानी लगाएत भू–भागलाई भारतले आफ्नो नक्सामा सामेल गर्ने कार्य तथा कालापानीमा भारतीय सेनाको उपस्थितीका विरुद्ध राष्ट्रिय जनमोर्चाले विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    त्यस सन्र्दभमा भारतद्धारा नेपाली भू-भागलाई समेटेर जारी गरेको जाली नक्सा खारेज गर्न तथा १९६० देखि कालापानी कब्जा गरेर बसेको भारतीय सेनालाई फिताए पठाएर भारतद्वारा अतिक्रमित भू-भाग फिर्ता गराउन जनदवाव सिर्जना गर्न उद्देश्यले कालापानी अभियान २०७६ सञ्चालन गर्ने भएकोछ । सप्ताहव्यापी रुपमा सञ्चालन हुने कालापानी अभियान मोटरसाईकल  र्‍यालीको रुपमा अघाडी वढाइनेछ । उक्त अभियान अन्तर्गत मोटरसाईकल  र्‍यालीको उदघाटन यहि मंसिर ११ गते धनगढीमा हुनेछ । धनगढीवाट शुरु भएको मोटरसाईकल  र्‍याली सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा पुग्ने प्रयत्न गर्नेछ । अन्तमा कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन हुने छ ।

    कालापानी अभियान अन्र्तगत विभिन्न जिल्लामा पर्चा वितरण, जनभेटघाट, कोणसभा, जुलुस तथा आमसभाका कार्यक्रमहरु हुने छन् । कालापानी मार्चको समापन कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष क. चित्रबहादुर केसीले सम्बोधन गर्नु हुने छ । कालापानी अभियानको विस्तृत कार्यक्रम निम्नानुसार रहेको छ ।

    राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको कालापानी मार्चलाई आ–आफ्नो स्थानबाट सफल पार्नका लागि सम्पूर्ण देशभक्त नेपालीहरुमा हार्दिक अपील गर्दछौ ।

    कार्यक्रमको कार्यतालिका
    क्र.स. मिति समय स्थान कार्यक्रम
    १- २०७६ मंसिर ७ गते विहान ८ बजे धनगढी पत्रकार सम्मेलन
    २- २०७६ मंसिर ११ गते विहन १० बजे धनगढी एलएन चौक कालापानी अभियानको उद्घाटन
    ३- २०७६ मंसिर ११ गते दिउँसो १ बजे अत्तरिया चौक र्‍याली तथा सभा
    ४- २०७६ मंसिर ११ गते दिउसो ४ बजे डोटी, बुडर बजार र्‍याली तथा सभा
    ५- २०७६ मंसिर १२ गते विहान ८ बजे डडेल्धुरा बसपार्क र्‍याली तथा सभा
    ६- २०७६ मंसिर १२ गते दिउँसो १ बजे बैतडी पाटन र्‍याली तथा सभा
    ७- २०७६ मंसिर १३ गते दिउँसो १ बजे दार्चुला खलंगा र्‍याली तथा सभा
    ८- २०७६ मंसिर १४ गते दिउँसो १ बजे दार्चुला गोकुलेश्वर र्‍याली तथा सभा
    ९- २०७६ मंसिर १५ गते विहान ८ बजे गोठालापानी , बैतडी र्‍याली तथा सभा
    १०- २०७६ मंसिर १५ गते दिउँसो ३ बजे दिपायल डोटी र्‍याली तथा सभा
    ११- २०७६ साल मंसिर १७ गते दिउँसो १२ बजे महेन्द्रनगरको मदन चौक समापन सभा
    धन्यवाद ।

    आयोजक
    राष्ट्रिय जनमोर्चा
    सुदूरपश्चिम प्रदेश समिति

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.