तिलक थापा
बाग्लुङ । संयुक्त वाम गठबन्धनको जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका विभिन्न ठाउँमा लागातार रुपमा अगाडि बढेको छ । त्यसै क्रममा बुधबार तमाखोला गाउँपालिकाको वडा नं. ६ नर्जाखानीमा जनभेटघाट तथा सभा सम्पन्न भएको छ ।
सभामा बोल्दै साझा वाम उम्मेदवार खिमविक्रम शाहीले भित्रीवन पात्ले र नर्जाखानी लगायतका प्रदेश निर्वाचन क्षेत्रभित्रका जनताहरुको समस्याको पहिचान गर्दै समाधानको लागि आवश्यकता अनुसार समाधानको लागि लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज बलावती शर्माले पिछडिएको वर्ग, जाति, जनजाति भाषा लगायतका तथा अधिकार सुनिश्चितताका लागि खिमविक्रम शाहीले जित्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले दलित जनजाति र पिछडिएका वर्गको सामाजिक विकासका साथै राज्यको मूल धारमा ल्याउनको लागि बामपंथीहरु सधैँ लडिरहेको र उत्पिडनमा परेको समूदायको पक्षमा लागि रहने बताउँदै यो चुनावको जीत खिमविक्रम शाहीको मात्र नभएर उत्पीडनमा रहेका समुदायको हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी, नेकपाका नेता शेरमान घर्ती, उदीम छन्त्याल, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, सचिव भिमलाल पोखरेल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल (छैठौं)का जिल्ला अध्यक्ष इन्द्रमनी पाण्डे, नेकपाका जिल्ला सदस्य केशर छन्त्याल, तमानखोला अध्यक्ष नरेन्द्र छन्त्याल, सचिव लिल बहादुर पुन, देव बहादुर पुन प्रेम रोका नारायण सुनार, बीर बहादुर गोतामे लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
निर्वाचन परिचालन समितिका संयोजक टोप बहादुर श्रीपालीको अध्यक्षता, थम प्रकाश रसाईलीको स्वागत मन्तव्य र अनप्रसाद बिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

