पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शव यात्रा निकालेको छ । नेपाली भुमि लिपुलेक, कालापानि र लिम्पीयाधुरा भारतले आफ्नो नक्सामा समाबेश गरेको विरोधमा मंलबार साँझ मोदीको शव यात्रा निकालिएको हो ।
राजमो पार्टी कार्यालयबाट सुरु गरिएको शव यात्रा पेट्रोल पम्प, सिल्खानटोल हुँदै सन्चो मेडिकल अगाडी पुगेर सकिएको थियो । शव यात्राको क्रममा प्रहरीले हस्तक्षपेक्ष समेत गरेको थियो ।
शव यात्रा निकाली बजार परिक्रममा गराउने क्रममा प्रहरी र राजमोका नेताहरुबीच झडप समेत भएको जिल्ला अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो । केही दिन अघि पनि भारतकाे नक्शा जलाउने क्रममा राजमाेका कार्यकर्ता र प्रहरीबीच पाल्पामा झडप भएकाे थियाे ।
शवयात्रा पछि आयाेजित कोणसभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पुरन पोख्रेल लगायतले सम्बोधन गर्नुभएको थियो ।