काठमाडौं । भारतले नेपालको भूभाग अतिक्रमण गरी जारी गरेको नयाँ नक्शा खारेजीको माग गर्दै विभिन्न दलका सांस्कृतिक संगठनहरु एक ठाउँमा उभिएका छन् । ति संगठनले ‘सीमा बचाउ संयुक्त सांस्कृतिक अभियान’ गठन गरी विरोधका कार्यक्रम समेत तय गरेका छन् ।
Advertisement
नेकपा (मसाल) निकट रक्तिम सांस्कृतिक अभियानसहित नेकपा निकट जनसांस्कृतिक महासंघ नेपाल, प्रतिपक्ष कांग्रेस निकट नेपाल सांस्कृतिक संघ र समाजवादी सांस्कृतिक महासंघले सांस्कृतिक अभियान चलाउने निर्णय गरेका हुन् ।
यसका तत्कालिन कार्यक्रमहरुमा यही मंसिर ५ गते आर आर क्याम्पसमा गोलमेच भेला र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ भने ९ गते भारतीय राजदू समक्ष विरोध पत्र तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने तय भएको रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमले जानकारी दिनुभएको छ ।