काठमाडौं । अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको गीत ‘अखिल (छैठौं) आउँदैछ’ सार्वजनिक भएको छ ।
अखिल (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा अध्यक्ष पोखरेलले जनवादी गीत सार्वजनिक गर्नुभएको हो । गीतको अडिओ आश्रम म्युजिकको युट्युबमार्फत सार्जजनिक गरिएको छ ।
गीतको संगीत तथा एरेन्ज रक्तिम सांस्कृतिक अभियानका कलाकार हेमराज आश्रमले गर्नुभएको छ भने गीतमा आश्रमसहितका कलाकारहरुले स्वर दिएका छन् । गीतको प्रकाशन अखिल (छैठौं) केन्द्रीय कार्यालयले गरेको हो ।
शब्द, संगीत र स्वरको राम्रो संयोजन रहेको यो गीत युवा विद्यार्थीलाई उर्जा दिने खालको छ । गीतमा राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै परिवर्तनका लागि लामबद्ध हुन विद्यार्थी, युवा, किसान, मजदुरहरुलाई आग्रह गरिएको छ ।
अखिल (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन यही असोज २२ देखि २४ गतेसम्म बुटवलमा हुँदैछ ।