• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

यो सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्छः प्रधानमन्त्री ओली


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • काठमाडौं l प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाउनुभएको हो । अघिल्लो सताब्दी देखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उहाँले सिमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफुलाई हिरो देखाउन उचाल्ने काम गरेको भएपनि वर्तमान सरकार सिमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पार्नुभयो ।

    Advertisement

    उहाँले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देश भक्त सरकार हो । त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्ज पनि मिचिन दिदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ ।’

    नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले सरकारले संवाद मार्फत सिमा सम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो । कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उहाँले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘यो सरकार राष्ट्रिय हितको पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’

    नेपालको सिमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । पछिल्लो समय राजनीतिक पुर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उहाँले दुवै ढंगका विरोध उचित नरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘दुनियाँमा एउटा आईडोलोजिक क्लास छ । आईडोलोजिक पुर्वाग्रह छ । नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ । एउटा विरोध आईडोलोजिक । कम्युनिष्ट सरकार छ । त्यसकारण विरोध गर्नुपर्छ । जे गरेपनि विरोध गर्नुपर्छ । जसो गरेपनि विरोध गर्नुपर्छ । गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ । बैचारिक पुर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ । अर्को मैले केही पाईन । मैले केही पाएको छैन । मैले भने जस्तो पाईन । मैले पाउनुपर्ने मैले नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रीत स्वार्थी विरोध छ । यो दुईवटै विरोध उचित छैन ।’

    उहाँले नाफाको निर्मम निर्दयी पूँजीवादी प्रणाली र जनतालाई माया गर्ने समतामुलक, न्यायपुर्ण तथा मानवतावादी समाजवादी प्रणालीबीच अहिले पनि बैचारिक र व्यवहारिक संघर्ष कायम रहेको उल्लेख गर्नुभयो । उहाँले सिद्धान्तको जग नै नाफा कमाईमा रहेको पूँजीवाद असक्त अवस्थामा रहेको र वास्तविक सिद्धान्तमा अडिन नसकेको टिप्पणी गर्नुभयो ।
    उहाँले भन्नुभयो ‘पूँजीवाद अहिले लौरो टेकेर लडखडाएको स्थितिमा छ यद्यपि फाईफुईँ धेरै छ । हिजोको वरिजनल पूँजीवादको अवस्थामा रहन सकेको छैन । अस्तित्व रक्षाका लागि कतिपय समाजवादका विचारहरु, लक्ष्यहरु सापटी लिएर, त्यहाँबाट तानेर पूँजीवादले आफ्नौ मौलिक प्रवृत्तिलाई छोडेर समाजवादका कुराहरुलाई अंगालेको छ । फेरी पनि पूँजीवाद क्राईसिसमा छ ।’

    केही कमि कमजोरी भएपनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भएपनि शासक स्वीकार्नुपर्ने विगतको जस्तो बाध्यता अहिले नभएको भन्दै उहाँले श्रृजनात्मक सोचका साथ काम गर्न निर्देशन दिनुभयो । काम नगरिकनै पैसा कमाउने संस्कारको विकास हुदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले त्यस किसिमको प्रवृत्तिबाट जोखिन पनि युवाहरुलाई सचेत गराउनुभयो ।

    उहाँले भन्नुभयो ‘आजको श्रृजनात्मक सोच र सकारात्मक सोच र श्रृजनात्मक काम गर्नु पर्दछ । कामलाई माया र सम्मान गर्ने संस्कृति बढाउनुपरेको छ । हाम्रोमा के चलन चल्न खोजेको छ भने, चल्न खोजेको छ भने , कतिपयभित्र अलिकति घुसेको पनि छ । सहज आम्दानीको प्रवृति । मेहनतको आम्दानी होइन सहज आम्दानी । लगानी र प्रतिफल होइन । विना लगानीको विना प्रतिफलको आम्दानी । सहज आम्दानी । यस्ता कुराहरुबाट हामी जोगिनु पर्छ ।’

    केही बर्ष अघि सम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दे उहाँले वर्तमान अवस्थमा भने मुलुकमा पुर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको बताउनुभयो ।
    उहाँले भन्नुभयो ‘राष्ट्रियताको पक्षमा उभिदिने सरकार भईदिए कस्तो हुन्थ्यो भन्ने एउटा सपना थियो ।

    राष्ट्रिय हितको पक्षमा बोलिदिने, राष्ट्रिय अडान लिने, सार्वभौमसत्ताको अडान लिने, स्वाधिनताको अडान लिने यस्तो सरकार भईदिए हुन्थ्यो भन्ने मृगतृष्णा थियो । आकांक्षा थियो । आज देशको अग्रभागमा भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा, राष्ट्रिय हितको पक्षमा दृढ उभिने सरकार छ । दलहरुले, पार्टीहरुले, व्यक्तिहरुले ,संस्थाहरुले, संगठित हुन पाए विचार अभिव्यक्त गर्न पाए कस्तो हुन्थ्यो भन्ने समय थियो ।’

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.