बाग्लुङ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बाग्लुङमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाग्लुङ २(ख) प्रदेशसभामा वाम गठबन्धनका तर्फबाट उममेद्वारी दिएका खिमविक्रम शाहीसहितको टोलीले गाउँ गाउँमा घरदैलो तथा जनभेटघाट गरिरहेको छ ।
Advertisement
आइतबार बिहान टोलीले निसीखोला गाऊँपालिका वडा नं १ र ढोरपाटन २ सिमलचौरमा जनभेटघाट कार्यक्रम गरेको छ । आजै निसीखोला ७ राजकुटमा चुनावी सभा हुँदैछ । सभामा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारी, ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपाली लगायतका वक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा उमेदवार शाहीसहित अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष जुनविक्रम शाही, मिलन हमाल, रमेश शाही, कृष्ण शाही लगायतका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

