खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगर नगर समितिले सञ्चालन गरेको संगठन निर्माण अभियान अन्तर्गत करणपुरका दुई स्थानमा समिति निर्माण भएका छन् । बेग्लाबेग्लै स्थानमा भएको टोल भेलाबाट दुई वटा टोल समिति निर्माण भएका हुन् ।
करणपुर आदर्श टोल समिति
करणपुरमा भएको भेलालाई समाजका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा भट्टराईले एकता समाजको गौरवमय इतिहास तथा भारतस्थित नेपालीहरुको अवस्थाको विषयमा स्पष्ट पार्नुभएको थियो ।
भेलामा नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेले प्यानल प्रस्तुत गर्नु भएको थियो । नौ सदस्यीय समितिको अध्यक्षमा माधव गिरी, सचिव कमल गिरी र कोषाध्यक्ष बिष्णा गिरी चयन हुनुभएको छ भने सदस्यहरूमा निर्मला शर्मा, सुरेस शर्मा, ईश्वर शर्मा, नारायण गिरी, दुर्गा गिरी र नारायणी गिरी रहनु भएको छ।
कार्यक्रम बसन्त भण्डारीको सञ्चालनमा तथा शिवप्रसाद पोख्रेलको अध्यक्षता सम्पन्न भएको हो ।
करणपुर गुरुसर टोल समिति
त्यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको अन्तर्गत करणपुरको गुरुसरमा पनि भेला सम्पन्न भएको छ ।
केन्द्रीय सचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यता रहेको भेलामा मूल प्रवाह नेपाली एकता समाजको विधान र घोषणापत्रमाथि व्यापक छलफल भएको थियो ।
भेलाले रामकली थापाको अध्यक्षतामा ५ सदस्यीय टोल समिति गठन गरेको छ । सदस्यहरूमा मोती केसी, प्रिया थापा, भवानी थापा र एक स्थान रिक्त राखिएको छ ।
नवनिर्मित टोल समितीको घोषणा नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेले गर्नु भएको थियो । कार्यक्रम बसन्त भण्डारीको सञ्चालनमा तथा शिवप्रसाद पोख्रेलको अध्यक्षता सम्पन्न भएको थियो ।
श्रीगंगानगरमा मूल प्रवाहको संगठन निर्माण जारी

