• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सीमा अतिक्रमणबारे केसीको धारणाः ‘फलाम तातेको छ, ठोकौं’


  •   शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
  • लक्ष्मी चौधरी, काठमाडौं ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताका सवालमा नेपालीहरुबीच अहिले अभूतपूर्व एकता देखिएको बताउनुभएको छ । नेपाली जनता, राजनीतिक दल र सरकारबीच एक मत देखिएको बेला सीमा समस्या हल गर्न सरकारलाई खुट्टा दह्रो पारेर समाधानको पहल गर्न अध्यक्ष केसीले सरकारलाई सुझाव दिनुभयो ।

    शनिबार काठमाडौंमा आयोजित ‘भारतद्वारा जारी नयाँ नक्सा र नेपालको राष्ट्रियता’ बिषयक अन्तरकृया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै अध्यक्ष केसीले कुटनीतिक पहलबाट समस्या समाधान नभए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

    केसीले सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदीलाई किटान गरेको उल्लेख गर्दै महाकालीको मूल लिम्पियाधुरा सीमा हो भन्ने स्पष्ट हुँदाहुँदै भारतले जवर्जस्ती कालापानीको पूर्वतिरको तुरतुरे खोलालाई महाकाली बताएर लिपुलेकसम्म कब्जा गरेको बताउनुभयो ।

    कालापानीसहित देशैभर अतिक्रमित भूभाग फिर्ता गर्न इतिहासमै राष्ट्रिय सहमति बनेको केसीले बताउनुभयो ।

    ‘राणा शासनको अन्त गर्न, पञ्चायती व्यवस्थाको अन्त गर्न, प्रतिगमनका विरुद्ध, गणतान्त्रिक संविधान जारी गर्न र भारतीय नाकाबन्दी विरुद्ध ऐतिहासिक राष्ट्रिय एकता भएको थियो । ति एकताले आफ्नो उद्देश्यलाई प्राप्त गरेका थिए ।’ केसीले अवधारणा पत्र प्रस्तुत गर्दै भन्नुभयो, ‘अहिले यो सवालमा सत्ता पक्ष र विपक्षका कैयन् घटकहरु शक्तिहरु जिम्मेवार र एकतावद्ध भएका छन् । जनस्तरबाट समेत साथ सहयोग मिलेको छ ।’

    राष्ट्रिय एकता बनेको यो अभुतपूर्वै अवसरको सदुपयोग गरी सरकारले तत्काल सीमा समस्या समाधान गर्न राजनीतिक स्तरमै वार्ता र कुटनीतिक पहल गर्न केसीले सुझाव दिनुभयो । यदी कुटनीतिक पहलबाट भारतले अतिक्रमित भूमि नछोडे समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने केसीको भनाई थियो ।

    कार्यक्रममा बोल्दै नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले कुटनीतिमा निरन्तरको पहल महत्वपुर्ण हुने भन्दै सरकारले समस्या समाधानका लाष्गि निरन्तर प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

    संसदको अन्तर्राष्ट्रिय समितिले सरकारलाई अतिक्रमित भूमि समेटेर नयाँ नक्सा बनाउन सुझाव दिएको र त्यो विषयमा के हुँदैछ भन्ने आफू जानकार नरहेको रावलको भनाई थियो । नेता रावलले सरकारकै कतिपय कर्मचारीहरु अनावश्यक अफवाह फैलाउने र राष्ट्रियता विरुद्ध काम गरिरहेको उल्लेख गर्दै उनीहरुमाथि अनुसन्धान गरेर कडा कारबाही गर्न माग गर्नुभयो ।

    यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखकले देशको आन्तरिक राजनीतिमा प्रतिष्पर्धा भएपनि राष्ट्रियताको सवालमा एकमत हुनुपर्ने बताउनुभयो । ‘अग्रज नेता चित्रबहादुर केसीले राख्नुभएको अवधारणाप्रति म र मेरो पार्टी नेपाली कांग्रेस प्रतिशत सहमत छौं’ नेता लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा सभापति शेरबहादुर देउवाले पनि स्पष्ट कुरा राख्नुभएको छ । अरु मामिलामा यो सरकार दुई तिहाईको भएपनि राष्ट्रियताको सवालमा सबैको हो । दह्रोसँग समस्या समाधान गर्न पहल गरोस् ।’

    कार्यक्रममा सीमाविद् हिरण्यलाल श्रेष्ठले कालापानीमा भारतीय सेना नेपालको विरुद्ध नभएर चीनको विरुद्व बसेकाले र अहिले भारत र चीन दुबै देशको सम्बन्ध राम्रो भएकाले नेपालले चीनसँग पनि पहल गरेर भारतीय सेना हटाउनुपर्ने औल्याउनुभयो । उहाँले कालापानीबाट भारतीय सेना हटाएर मात्रै भारतसँग वार्ता गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

    श्रेष्ठले भन्नुभयो , ‘संसारभर त्यही हो । फौज राखेर वार्ता हुँदैन । फौज हट्नु पहिलो र अघिल्लो सर्त हो ।’

    वरिष्ठ पत्रकार भैरव रिसालले २०१८ सालमा आफू तत्कालिन बैतडी, डडेल्धुरा र बभाङ जिल्लाको जनगणना अधिकृत भएर अहिले भारतले अतिक्रमण गरेको क्षेत्रमा गएको स्मरण गर्नुभयो । ‘त्यतिबेला भारत पक्षको चरो मुसो पनि काली वारी थिएन,’ लिम्पियाधुरा भन्दा पूर्वतर्फ रहेका कुटी, नाभी लगायत गाउँमा हामीले जनगणना गरेका हौं । ती सबै गाउँ अहिले भारतको नियन्त्रणमा छन् ।’
    रिसालले आफ्नो भूभाग र जनताको रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको भन्दै तत्काल पहल थाल्नु आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयद्वार आयोजित सो अन्तरक्रिया कार्यक्रममा नेकपा (माले)का महासचिव सिपी मैनाली, वृहत नेपाल अभियानका फणिन्द्र नेपाल, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीष, सीमा बचाऔँ नागरिक अभियानका संयोजक स्वनाम साथी, जनसमाजवादी दलका अध्यक्ष सुभाषचन्द्र काफ्ले, नेकपाका नेता जगन्नाथ खतिवडा, सीमाविद् लोककृष्ण भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।


    कार्यक्रममा सीमाविद् रतन भण्डारीले एतिहासिक तथ्यहरु समेटिएको डकुमेन्ट्री प्रस्तुत गर्नुभएको थियो । जसमा देखाइएको छ, लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो र ऐतिहासिक तथ्य तथा पुराना नक्साले नेपाल भारत सीमा स्पष्ट छुट्याएको छ । डकुमेन्ट्रमा लिम्पियाधुरादेखि कालापनी, लिपुलेकसम्म कसरी भारतले कब्जा गरेको छ र नेपाल सरकारले आफ्नो देशको भूभागप्रति वेवास्ता गरेको छ भन्ने स्पष्ट देखाइएको छ ।

    राजमो महासचिव जनकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हिमलाल पुरी र स्वागत केन्द्रीय सदस्य घनश्याम न्यौपानेले गर्नुभएको थियो ।

    शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.