खुम रायमाझी, कुवेत ।
कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ मा बालुवाको ढिस्कोमा पुरिएर मृत्यु भएका दुई नेपाली युवाको सनाखत भएको छ ।
मृतक झापाको गोलधाप नगरपालिका–१, निवासी यम बहादुर कटुवाल (राहदानी नं. ०८९४४२७२) र झापाकै चकचकी–६, का सुकलाल राजवंशी (राहदानी नं. ०९१३२२८१) रहेका नेपाली दूतावास कुवेतले जनाएको छ ।
घटनामा परी रोल्पाको धनमुढा, मिझिंग गाउँपालिका–८ का सर्वजीत महरा (राहदानी नं. ०७३७६२३३) घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले अस्पताल पुगेर उपचाररत घाइते महरासँग भेट गरी उपचार र स्वास्थ्य अवस्थाबारे जानाकारी लिएको दूतावासले जनाएको छ ।
यही भदौ २३ गते बुधवार (८ सेप्टेम्वर २०२१) का दिन कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिँदा ती दुई युवाले ज्यान गुमाएका हुन् ।
यो पनि….
कुवेतको निर्माणाधीन विमानस्थलमा दुई नेपालीको मृत्यु, एकजना घाइते