खिमराज चालिसे, चंडिगढ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्री गंगानगर नगर समितिले आफ्नो नगरमा व्यापक संगठन निर्माण गरिरहेको छ । मूल प्रवाहले संगठनविरुद्धका विभिन्न भ्रमहरु चिर्दै सैद्धान्तिक प्रशिक्षणसहित टोल टोलमा समितिहरु निर्माण अभियानलाइ निरन्तरता दिईरहेको छ ।
अभियान अन्तर्गत जवाहर नगर एरिया समितिमा पर्ने नाथवाला (कोल्डस्टोर टोल) मा केन्द्रीय सचिव त्रिभुवन भट्टराईको विशेष उपस्थितिमा आयोजित भेलाले मूल प्रवाहको विधान घोषणापत्र तथा समसामयिक विषयमा व्यापक चर्चा पश्चात ११ सदस्यीय टोल समिति गठन गरेको छ।
समितिको अध्यक्ष धर्म केसी, सचिव अशोक केसी, कोषाध्यक्ष दान बहादुर केसी, सदस्यहरुमा सुरज केसी, विनोद केसी, रामनाथ केसी, राम बहादुर केसी, गणेश केसी, मधुसुदन केसी, सिताराम बस्नेत, किसन पोख्रेल रहनु भएको छ ।
यसैगरि जवाहर नगर एरिया समिति अन्तर्गत नाथवाली (पेस्ट्रिसाइड गोदाम) टोल मा पनि केन्द्रीय सचिव त्रिभुवन भट्टराईको बिशेष उपस्थितिमा भएको भेलामा भारतमा नेपालीहरुको अवस्था तथा मूल प्रवाहको आवश्यकता लगाएतका विषयमा व्यापक चर्चा गरिएको थियो ।
भेलाले छवी विसीको अध्यक्षतामा ११ सदस्यीय टोलसमिती गठन गरेको छ । जसमा सचिव खडक आरसी, कोषाध्यक्ष शंकर जिसी, सदस्यहरुमा बावुलाल रोका, किसन रोका, यूवराज भट्टराई, शर्मीला जिसी, हिमाल जिसी, राजेन्द्र जीसी र सरोज भट्टराई रहनु भएको छ ।
दुइवटै भेलाहरु नगर सचिव बसन्त भन्डारीको सञ्चालन तथा नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएका थिए ।