खिमराज चालिसे चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संगठन निर्माण अभियान जारी छ । सोही क्रममा विभिन्न एरियामा समितिहरू निर्माण गरिएका छ ।
रिको इन्डस्ट्रीयल एरिया
सुदूरपश्चिमोत्तर क्षेत्रको श्री गंगानगर नगर समितिद्वारा सञ्चालित रिको इन्डस्ट्रियल एरिया अन्तर्गत गोल्डन सिटीमा आयोजित एक भेलाले टोल समितिको निर्माण गरेको छ ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मूल प्रवाहको इतिहास तथा समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
भेलाले बेगम घर्तीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिव जीवन घर्ती, कोषाध्यक्ष यशोदा भट्टराई, सदस्यहरूमा गिरिराज भट्टराई, रामु सुनार, यादव विक, गोविन्द, यम बहादुर घर्ती, शिव बहादुर घर्ती, पदम गिरी, माया घर्ती, तिलक बोहरा, बिष्णा घर्ती हुनुहुन्छ।
एग्रो फुड पार्क
यसैगरि इन्डस्ट्रियल एरिया अन्तर्गत एग्रो फुड पार्कमा पनि गिरीराज भट्टराई र जीवन घर्तीको पहल तथा केन्द्रीय सचिव त्रिभुवन भट्टराईको विषेश उपस्थितिमा सम्पन्न भेलाले निरु शर्माको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको सचिव दिलिप कुमार, कोषाध्यक्ष कल्पना शर्मा तथा सदस्यहरूमा त्रिभुवन भट्टराई, मिनराज शर्मा, पुजा शर्मा, संजय पुनमगर, माधव गिरी, हेमन्ता गिरी रहनु भएको छ।
दुवै कार्यक्रम नगर सचिव बसन्त भन्डारीको अध्यक्षता र नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएका थिए ।

