खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीद्वारा सञ्चालित हिसार नगर समितिको प्रशिक्षण सम्पन्न भएको छ ।
सैद्धान्तिक, वैचारिक तथा सांगठनिक रुपमा कार्यकर्तालाई प्रशिक्षित गरी संगठन निर्माण अभियानलाई सफल पार्ने योजनाको साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले मूल प्रवाहको इतिहास एवम् आर्थिक विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, सचिव त्रिभुवन भट्टराईले देशको तात्कालिन राजनीति तथा संगठनात्मक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

क्षेत्रीय सदस्य एवम् नगर अध्यक्ष नन्दबहादुर लमतरी, क्षेत्रीय महिला विभागकी निरु सारु, अखिल नेपाल किसान महासंघका रुकबहादुर पराजुली लगायत नेताहरूको आतिथ्यता रहेको सो प्रशिक्षण कार्यक्रममा शुभकामना दिने वक्ताहरूमा जनजाति विभागका केहरसिंह घर्तीमगर, समता विभागका श्यामबहादुर विक, महिला नगर विभागबाट सेती राना, विद्यार्थी विभागबाट रक्षा सोमरे लगाएत हुनुहुन्थ्यो।
तारा सोमारेको सञ्चालन तथा आत्माराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम बाबुराम शर्माले स्वागत गर्नुभएको थियो ।