• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

विदेशमा झण्डै ७० लाख नेपाली, कस्तो छ अवस्था ?


  •   आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
  • काठमाडौं । कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज सार्वजनिक गरेको विदेशमा रहेका नेपाली कामदारको अवस्थासम्बन्धी श्वेतपत्रअनुसार वैदेशिक रोजगारिका शिलशिलामा खासगरी खाडी मुलुक, मलेसिया, कुवेतलगायत गन्तव्यमा रहेका कामदार बढी समस्यामा रहेको जनाइएको छ ।

    Advertisement

    मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा विप्रेषण आप्रवाह अनुपात २४ प्रतिशतको हाराहारीमा रहेको छ । यति ठूलो योगदान भएका श्रमिकले जीवनभर कमाएर बुढेशकालमा स्वदेश फिर्ता हुँदा कुनै सामाजिक सुरक्षाको सुनिश्चितता नभएको भन्दै यसले झनै विकराल अवस्था सिर्जना भएको श्वेतपत्रले औँल्याएको छ ।

    कोभिड–१९ को महामारीपछि सङ्घ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब दुई लाख नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ । आगामी दिनमा नेपाल सरकार र एनआरएनएको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार गर्ने विश्वास लिइएको छ ।

    पछिल्लो सरकारी तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका लागि सरकारले खोलेका ११० देशको लागि सन् २०१९र२०२० मा मात्रै झण्डै चार लाख नेपालीले औपचारिक रूपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रूपमा रहेको छ ।

    एनआरएनएका उपाध्यक्ष डा बन्द्री केसीका अनुसार सन् २००३ देखि सन् २०२१ को अवधिमा विदेशमा करिब ७० लाख नेपाली छन् । यिमध्ये अधिकांश वैदेशिक रोजगारिका शिलशिलामा गएका हुन् । वैदेशिक रोजगारीमार्फत राज्यले झण्डै रु १० खर्ब रेमिट्यान्स भित्रिन्छ । कोभिडका कारण रेमिट्यान्स बढेको बताइन्छ ।

    एनआरएनए वैदेशिक रोजगार तथा कल्याणकारी समितिका संयोजक केसीले सन् २००३ देखि नै सङ्घले वैदेशिक रोजगार मुलुक गन्तव्यलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेबारे एक कमिटीमार्फत काम गर्दै आएको बताउनुभयो । अहिले पनि करिब ३० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिडका कारण एक लाख ७० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । एक लाखभन्दा बढी सङ्क्रमित भएका छन भने ४८६ जनाको मृत्यु भएको छ ।

    विशेषगरी वैदेशिक रोजगारिमा रहेका खाडी मुलुक, मलेसियालगायत गन्तव्यका कामदार समस्यामा छन् । श्रम स्वीकृत नभएका कारण उनीहरू असुरक्षित छन् । घरेलु कामदार महिलाको अवस्था दयनीय छ । सक्कल कागजात नहुँदा उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जनाइएको छ । यो अवधिमा कुवेतबाट मात्रै पाँच हजार महिलाको उद्धार गरिएको उपाध्यक्ष केसीले बताउनुभयो ।

    एनआरएनए कोभिड–१९ राहत तथा स्वदेशफिर्ता सहजीकरणका लागि गठित समितिका संयोजक राजेन्द्र राउतका अनुसार कोभिड महामारीमा वैदेशिक रोजगारी पूर्ण रूपमा प्रभावित हुँदा मुख्य रूपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसियालगायत देशमा जाने नेपाली समस्यामा परेका छन् । हालसम्म श्रम गन्तव्य मुलुकबाट २२ हजारभन्दा बढी नेपालीलाई सहयोग गरिएको छ । कतिपय समस्यामा परेका कामदारलाई ३५० डलरसम्म टिकट काटेर स्वदेश फिर्ता गरिएको र नेपाल आएपछि घरसम्म पु¥याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

    यो अवधिमा विभिन्न मुलुकमा जेल सजाय भोगिरहेका १३५ जनालाई जेलमुक्त गरी स्वदेश फर्काइएको सङ्घले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको भएकाले विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

    कोभिड–१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालालाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको हो ।

    नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक एक हजारदेखि एक जहार ५०० युवा विभिन्न देशमा रोजगारीका लागि जानेगरेको बताइन्छ । नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसियालगायत देशमा बैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन् । पछिल्लो समय युरोप, क्यानडा, अमेरिकालगायत विकसित देशमा पनि उल्लेख्य सङ्ख्यामा कामदार पुगेका छन् ।

    रोजगारीको सिलसिलामा वार्षिक करिब चार लाख व्यक्तिहरू श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनोट नभएकाले अल्पकालीन रणनीतिको रूपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिँदैन ।

    बालुवाटारस्थित सङ्घको सचिवालयमा श्वेतपत्र सार्वजनिक गर्दै सङ्घका अध्यक्ष कुमार पन्तले कोभिड महामारीले वैदेशिक रोजगारीमा रहेको श्रमिकको कहालीलाग्दो अवस्थालाई उजागर गरेको र सरकार तथा सरोकारवालालाई समस्या समाधानका लागि श्वेतपत्रले मार्ग निर्देशन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको माग र देशको आवश्यकता हो भन्नुभयो । एनआरएनए उपाध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्था झनै दयनीय रहेको भन्दै उनीहरूको श्रम सुरक्षाका लागि विशेष अभियान चलाउन जरुरी भएको धारणा राख्नुभयो । एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एनआरएनले सक्रिय भूमिका निर्बाह गरिरहेको बताउनुभयो ।

    वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतनसहित कयौँ अवसर र चुनौतीलाई समेटेर सङ्घले ल्याएको श्वेतपत्रमा श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरूमा नेपालीको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीको पुनःएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिकालगायत बारेमा वास्तविक रूपमा चित्रण गर्ने कोसिस गरिएको छ ।(रासस)

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.