खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले सञ्चालन गरेको संगठन विस्तार अभियान तीव्र गतिमा चलिरहेको छ । अभियान अन्तर्गत विभिन्न स्थानमा जनसम्पर्क, प्रशिक्षण तथा समिति गठन कार्य अगाडि बढिरहेको छ ।
मूल प्रवाह केन्द्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीको विशेष उपस्थितमा इन्डष्ट्रियल एरिया समिति अन्तर्गत डिसि कलोनी तथा विनोद आयल मिलमा सम्पन्न दुई वटा भेलाले मूल प्रवाहको टोल समितिहरू निर्माण गरेको छ ।
डिसि कलोनीमा दल बहादुर रोकाको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरिएको छ, जसको सचिव दिपक क्षेत्री, कोषाध्यक्ष केशर खत्री, सदस्यहरूमा शिव शर्मा, रोहित तिरुवा, भरत वराल, मिलन क्षेत्री हुनुहुन्छ ।

यसैगरी विनोद आयल मिलमा जगत कुमालको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरिएको छ । जसको सचिवमा पोष्ट बहादुर कुमाल, कोषाध्यक्ष माधव कुमाल र सदस्यहरुमा शिव कुमाल, गणेश कुमाल, कमल कुमाल, किशन कुमाल, पदम कुमाल, रेशम कुमाल, गोपाल कुमाल, किशन कुमाल (ख), गन कुमाल र महेन्द्र कुमाल रहनु भएको छ।
दुवै स्थानका कार्यक्रमहरू दिपक क्षेत्रीको सञ्चालनमा तथा सुरेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

