इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवार ढङ्गले बाहिर निकालेकाले यो अवस्था आएको बताउनुभएको छ ।
अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उहाँको भनाइ थियो ।
विदेशमन्त्री कुरेसीले भन्नुभयो– अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवार रूपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीले अराजकता मच्चाउन थालेको बताउनुभयो ।
उहाँले सोमबार पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थित रुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै नदिएको बताउनुभयो ।
अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उहाँले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको उहाँले बताउनुभयो । (रासस/सिन्ह्वा)