नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ८ अगस्तका दिन संगठनको कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।
Advertisement
संगठनबाट निष्काशित केही व्यक्तिहरुले मूल प्रवाहको नाममा ८ अगस्तका दिन भर्चुअल आमसभा रहेको भनी गरेको प्रचारप्रति समाजले आपत्ति जनाएको छ ।
समाजका अध्यक्ष दुर्गाबहादुर केसीले प्रेशित गर्नुभएको वक्तव्यमा संगठनबाट निष्काशित व्यक्तिहरुले मूल प्रवाहको कार्यक्रम रहेको भनी भ्रम सिर्जना गर्न खोजेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
