लन्डन । बेलायतमा फेरि कोभिड–१९ को सङ्क्रमढा बढ्न थालेको छ । बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमण देखिएको हो ।
Advertisement
त्यहाँ गत २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितको पछिल्ला केही दिनयताको भन्दा धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।
यहाँ अहिलेसम्मका सङ्क्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी गत २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ ।
त्यहाँ पछिल्ला केही दिनमा ठुलो सङ्ख्यामा सङ्क्रमण देखिएकाले अबका केही दिनमा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्दै जाने डर बढेको छ । (रासस/सिन्हवा)