काठमाडौँ । चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई थोरैमा पनि दुई अर्ब डोज कोरोना खोप सहयोग गर्ने भएको छ । त्यस्तै, चीनले यसै वर्षको अन्तिमसम्ममा एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङका अनुसार यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताउनुभएको हो ।
राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताउनुभयो । कोभिड–१९ को अप्रेसन फोरमको बिहिबारको बैठकमा राष्ट्रपति सि जिनपिङले यो लिखित सन्देश पठाउनुभएको हो ।
राष्ट्रपति सी जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशका लागि उपलब्ध गराइने जानकारी पनि उहाँले दिनुभएको छ । राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने बताउनुभएको छ । (रासस/सिन्ह्वा)





