मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ ।
Advertisement
मङ्गलबार अपराह्न ४ बजे विद्युत सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।
विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खडाले जानकारी दिनुभयो ।
‘घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो’ उहाँले भन्नुभयो– ‘घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।’
आगलागीबाट मानवीय क्षति नभए पनि लाखांै रुपियाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपियाँ जलेर नष्ट भएका छन् ।’
घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिनुभयो । (रासस)
