काठमाडौं । सूचना तथा प्रशारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्रजारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण, रेडियो तथा टेलिभिजनको इजाजत/लाइसेन्स जारी/नवीकरण लगायतका काम अब अनलाइनबाट मात्रै गर्ने भएको छ।
Advertisement
आइतबार सूचना प्रकाशित गरी विभागले ती कार्य यही साउन २० गतेदेखि अनलाइन सेवाबाट मात्रै गर्ने जनाएको छ।
‘विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम तथा सरकारले अवलम्बन गरेको डिजिटल नेपाल फ्रेमवर्कको नीतिका साथै सार्वजनिक सेवा विद्युतीय माध्यमबाट चुस्त, छरितो, सहज तथा कागजविहीन रुपमा प्रवाह’ गर्नुपर्ने सूचनामा उल्लेख छ।
सार्थ विभागले साउन २० गतेदेखि विभागमा कागजात पेश गर्ने प्रयोजनार्थ भौतिक उपस्थितीमा हुने सेवा प्रवाह सेवाहरू (प्रशारण शाखासँग सम्बन्धित बाहेक) पूर्णरुपमा बन्द हुने जनाएको छ।