बगदाद । इराकको राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् ।
Advertisement
ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरूले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।
सो आक्रमणमा परेर अरु १० जना गम्भीर घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरूलाई नजिकैको अस्पताल पुर्याइएको छ ।
उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।
सो गाउँको एक सुरक्षा जाँचचौकीमा पनि उनीहरूले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ । (रासस÷सिन्हवा)