काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवम् प्रतिनिधि सभाका सांसद दुर्गा पौडेलले हराएका बालबालिका छिटो खोज्न माग गर्नुभएको छ ।
Advertisement
‘२०७४ देखि अहिलेसम्म २७ हजार ४३३ बालबालिका हराइरहेका छन्’ २०७८ साउन १५ गते प्रतिनिधि सभाको बैठकमा मन्तव्य राख्दै उहाँले भन्नुभयो– ‘त्यसमध्ये जम्मा दश हजार ६२ जना मात्र भेटिएका छन् ।’
उहाँले सरकारसित प्रश्न गर्नुभयो– ‘बाँकी बालबालिका कहाँ छन् ? सरकारले छिट्टै खोजोस् ।’
सङ्क्षिप्त मन्तव्यको क्रममा सांसद पौडेलले शृङ्खलाबद्ध रूपमा महिलाहरूको बलात्कार र हिंसा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले सरकारसित महिला हिंसा तथा बलात्कार रोक्न प्रभावकारी कदम चाल्न पनि माग गर्नुभयो ।