जेनेभा । संयुक्त राष्ट्र सङ्घले इजरायल र प्यालेस्टाइनको द्वन्द्वलाई राजनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्र सङ्घका अधिकारीले पछिल्ला दिनमा बढ्दै गएको इजरायल र प्यालेस्टाइनबिचको युद्धलाई शान्तिपूर्ण तबरबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् ।
अहिले गाजामा यहाँका द्वन्द्वपीडित नागरिकलाई आवश्यक सहयोग गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाले यो सहयोग उपलब्ध गराएको प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका संयोजक लिन ह्यास्टिनले बताउनु भएको छ ।
उहाँले हाल गाजाका नागरिकलाई विश्वका विभिन्न समुदायले सहयोग गरिरहेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभएको छ, हाल त्यहाँ मानवीय सहायता उपलब्ध गराएको भए पनि त्यहाँको युद्धको समाधान राजनीतिक रूपबाट नै खोज्नुपर्छ र यसका लागि विश्व समुदायको दबाब आवश्यक छ ।
पछिल्ला दिनमा इजरायल र प्यालेस्टाइनमा द्वन्द्व बढ्दै गएको छ । त्यहाँका कैयौँ मानिसलाई मानवीय सहायताको आवश्यकता देखिएको पनि बताइएको छ । (रासस/सिन्ह्वा)