बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका भूतपूर्व सहसचिव कमल विकको कोभिड निमोनिया सङ्क्रमणका कारण निधन भएको छ ।
Advertisement
कोरोना र निमोनियाबाट ग्रस्त भई गत २६ दिनदेखि रुपन्देही बुटवलस्थित प्रादेशिक हस्पिटलको सघनकक्षमा उपचार गराइरहनुभएका ४५ वर्षीय कमल विकको २०७८ साउन ११ गते बिहान ९ बजे असामयिक निधन भएको हो ।
दक्षिण भारत केरलको त्रिभेन्द्रम नगर समितिमा रहेर एकता समाजमा सक्रिय रहनुभएका कमल विक खेलाडी र कलाकारसमेत हुनुहुन्थ्यो । केही समयअघि उहाँ स्वदेश फर्कनुभएको थियो ।
गुल्मी, कालीगण्डकी गाउँपालिका–६ खड्ककोटबाट नवलपरासी (सुस्ता पश्चिम) सुनवल बसाइँ सर्नुभएका विकको आजै दासंस्कार गरिने बताइएको छ ।