काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
Advertisement
आइतबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको अवधि १० दिन थप गरेको हो ।
जारी निषेधाज्ञाकै मोडलमा थपिएको निषेधाज्ञा अवधिमा पनि बढी भीडभाडजन्य क्रियाकलाप गर्न बन्देज लगाइएको छ । तर, जनजीवन सहज बनाउने गरी खुकुलो बनाइएको छ ।
निषेधाज्ञाका नियम उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा एकै हुने गरेका छन् ।
के गर्न पाइन्छ, के पाइँदैन ?