खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित हनुमानगढ़ नगरसमिति अन्तर्गत जक्सन एरियामा समिति गठन भएको छ । केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिव त्रिभुवन भट्टराई,र नगर अध्यक्ष मोहन रसायलीको विषेश उपस्थितिमा एरिया सो भेला सम्पन्न भएको हो ।
Advertisement
भेलाले ११ सदस्यीय एरिया संगठन समितिको निर्माण गरेको छ । जसको अध्यक्ष बेद बहादुर महतारा, उपाध्यक्ष दिपक जिसी, सचिव कृष्ण केसी, कोषाध्यक्ष प्रेम खडका र सदस्यहरूमा बिरु गिरी, सरिता गिरी, त्रिभुवन केसी, सुरज केसी, इन्द्र बहादुर भुजेल, नरेन्द्र केसी र सुरज झा रहनु भएको छ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खनालले मूल प्रवाहको संगठात्मक सिद्धान्त सहित समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।