रियाद । साउदी अरेबियाको सरकारले हजको क्रममा कोभिड सङ्क्रमण नभएको जनाएको छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्री रूपमा सम्पन्न भएको छ ।
हजका क्रममा ठुलो भिडभाड हुने भएकाले यस क्रममा कोभिड–१९ को ठुलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो । त्यसैले पनि यहाँको सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपाय अपनाइएको थियो छ । त्यसैकारणले पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो सङ्ख्या रहेको थियो ।
साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको सङ्क्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताउनुभयो । उहाँले साउदी अरेबियाको मक्कामा हज गर्न आएकालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सम्बन्धी मापदण्डको पालनाको आवश्यकतामा जोड दिइएको थियो ।
विदेशी नागरिकलाई पनि थोरैलाई मात्र यहाँ हजका लागि आउन दिइएको र स्वदेशी नागरिकलाई पनि ६० हजारमा मात्र सीमित गरिएको थियो । यसका कारणले गर्दा साउदी अरेबियामा हालै सम्पन्न हज सेसन सुरक्षित रूपमा सम्पन्न भएको अर्थात् कोभिड फ्रि रूपमा नै यो सम्पन्न भएको बताइएको हो । (रासस/सिन्ह्वा)