बर्दिबास । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पुजारीको साउन ७ गते बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
Advertisement
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो ।
भारतको आसाम राज्यको कारिकामाख्या मन्दिरमा बसी तन्त्र विद्या र योगबारे अध्ययन गर्नुभएका उहाँ सुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आउनुभएको थियो । स्थानीयवासीका अनुसार योग गर्नुहुने उहाँले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गर्नुभएको थिएन । (रासस)