नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने भावनगरमा दोस्रो नगर सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ ।
भेलाले राजकुमार थापाको अध्यक्षतामा ११ पुर्ण सदस्य, ३ वैकल्पिक, ३ सल्लाहकार गरि १७ सदस्यीय भावनगर नगर समिति निर्माण गरिएको छ । समितिको उपाध्यक्ष घनश्याम पुन, सचिव जीवन सोनी, सहसचिव राजेश थापा, कोषाध्यक्ष राजु सोनी चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः भुपेन्द्र राजपुत, अनुप रोकाय, सुन्दर विसी, नविन तिरुवा, संकर गिरी, अनिल केसी वैकल्पिक सदस्यमाः लविलत विक, रतन विक, गणेश थापा, सल्लाहकारमा याम रोका, चन्द्र बहादुर थापा र शुवास सोनी रहनुभएको छ ।
कार्यक्रममा मूल प्रवाका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले समाजको आवस्यकता र महत्व बारे प्रकाशन पार्नुका साथै नयाँ समितिलाई बधाई एवं शुभकामना दिनुभएको थियो । कार्यक्रममा क्षेत्रीय अध्यक्ष एवं केन्द्रीय सचिव बेदबहादुर कार्कीकोसमेत विशेष उपस्थिति रहेको थियो ।
भेलाको सञ्चालन जीवन सोनी, अध्यक्षता राजकुमार थापा र स्वागत भुपेन्द्र राजपुतले गर्नुभएको थियो ।