काठमाडौं । अन्तर्राष्ट्रिय महिला कोअर्डिनेटरहरुको बैठक जर्मनीको यरफोटमा हालै सम्पन्न भएको छ । बैठकमा नेपालबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल र गुल्मीको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा सहभागि हुनुहुन्थ्यो ।
बैठकमा नेपालसहित बङगलादेश, इरान ,नेदरलेण्ड, जर्मनी र दशिण अमेरिकाका देशहरुको प्रतिनिधीत्व रहेको थियो ।
बैठकपछि २ नोभम्वरमा निकालिएको विशाल जुलुशले महिला अधिकारका पक्षमा गगनभेदी नारासहित अन्तर्राष्ट्रिय ऐक्यवद्धता जाहेर गरेको सांसद पौडेलले जानकारी दिनुभयो ।
बैठकले अगामी तेस्रो विश्व महिला सम्मेलन २०२१ मा ट्युनेसियामा गर्ने निर्णय गरेको छ । साथै एसियाको कोर्डिनेटरहरुको बैठक बङ्गलादेशमा २०२० मा बस्ने निणय पनि गरेको छ ।
त्यस्तै ३ र ४ नोभेम्बरमा बसेको महिला राजनैतिक कान्सिलको बैठकले युरोपका मिलिटेन्ट महिलाहरुको निर्वाचन गरेको जनाइएको छ ।



