काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकु मारिएको दावी गरिएको छ ।
घटनाका कारण अरू पाँच सयभन्दा बढी घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।
सुरक्षाकर्मी र तालिबान लडाकुका बिचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ ।
लडाकु समूहले लगातार हिंसात्मक गतिविधि गरिरहेकाले सुरक्षा कारबाही गर्नुपरेको सुरक्षा अधिकारीले बताएका छन् ।
कतिपय सहर तथा क्षेत्र तालिबान लडाकुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । तीमध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाई भने लडाकुले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।
अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकुका बिचमा ठुलो भिडन्त भएको थियो । तालिबान
लडाकुहरूको नियन्त्रणमा रहेका ठाउँलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीले प्रयास गरिरहेको अधिकारीले जनाएका छन् । (रासस/एएनआई)





