• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

चितवन भरतपुर अस्पतालमा बढ्न थाले सर्पदंशका बिरामी


  •   आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
  • नारायणगढ । भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु सर्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । सर्पले डसेर दैनिक पाँच/सातजना बिरामी अस्पताल आउने गरेका छन् ।

    Advertisement

    अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म विषालु सर्पले डसेर आएका ३५ जनाको उपचार गरिएको छ । सर्पले डसेर दैनिक आउने बिरामीलाई २४ घण्टा निगरानीमा राख्ने गरिन्छ । त्यस पश्चात् विष नदेखिएमा घर पठाउने गरिन्छ ।

    उहाँले भन्नुभयो– ‘केले टोक्यो भनेर आउने समेत जोड्दा दैनिक यो सङ्ख्या १० जनाको हाराहारी हुने गर्दछ ।’

    जिल्लामा भरतपुर अस्पतालमा मात्र सर्पदंशको बिरामीको निःशुल्क उपचार हुन्छ ।

    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनसहित बारा, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ र नवलपरासीका बिरामी यो अस्पतालमा उपचारका लागि आउने गरिन्छ । तीमध्ये पनि ठूलो सङ्ख्यामा नवलपरासीका बिरामी आउने गर्दछन् । अस्पतालले एन्टिस्नेक भेनम निःशुल्क उपलव्ध गराउँदै आएको छ ।

    गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनमसहित चितवन मेडिकल कलेज पठाइएको थियो । पौडेलका अनुसार अस्पतालमा वैशाखदेखि असोजसम्म सर्पले डसेका बिरामी आउने गर्दछन् ।

    भरतपुर अस्पतालमा रहेर लामो समय सर्पदंशको उपचार र अध्ययन एवम् अनुसन्धानमा जुट्नु भएका वरिष्ठ फिजिसियन डा विजय पौडेलका अनुसार सो अस्पतालमा एक वर्षमा पाँच सयदेखि छ सय जनासम्म सर्पदंशका बिरामी आउने गर्दछन् । तीमध्ये १५० हाराहारी विषालु सर्पले डसेका हुने गरेको उहाँको भनाइ छ । यहाँ आउने बिरामीलाई मुख्य रूपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् ।

    नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकास लिनुभएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विषालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उहाँले जानकारी दिनुभयो ।

    विगत वर्षमा सर्पदंशबाट धेरैको मृत्यु हुनेगरेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा मृत्यु दर निकै कम हुँदै गएको जानकारी दिनुभयो । भरतपुर अस्पतालमा सघन उपचार कक्ष स्थापनापूर्व विषालु सर्पले डसेकामध्ये ३५ प्रतिशतसम्मको मृत्यु हुने गरेको उहाँको भनाइ छ । २०६५ मा भरतपुर अस्पतालमा सघन उपचार कक्ष वनेसँगै सर्पदंशका बिरामी बचाउन सकिएको उहाँको अनुभव छ ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले पछिल्ला वर्षमा सर्पदंशका बिरामी बचाउन सकिएको बताउनुभयो । मृत्युदर घट्नुमा अस्पतालमा सघन उपचार कक्षलगायत विशिष्टीकृत सेवा सुरु हुनु, अध्ययन एवम् अनुसन्धानले उपचार पद्धतिमा सहजता आउनु, जनचेतनाका कारण बिरामी समयमानै अस्पताल आउनुलगायत रहेको उहाँको भनाइ छ ।

    उहाँले यो मौसममा घरमा नै आएर करेत सर्पले डस्न सक्ने भएकाले घरमा सुत्नुअघि उच्च सावधानी अपनाउन, खेतबारीमा जाँदा बुट लगाउन, हिँडडुल गर्दा शरीरको पूरै भाग छोपिने गरी कपडा एवम् जुत्ता लगाउन, घर वरिपरि भएका झाडी फाँड्न र सर्पले डसिहालेमा तत्काल अस्पताल आउन सुझाव दिनुभयो । (रासस)

    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.