बर्लिन । अत्यधिक वर्षाका कारण आएको भिषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
Advertisement
धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसको सङ्ख्या बढिरहेको बताइएको छ ।
जर्मनीको वेस्टफेलिया प्रान्तका नर्थराइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीले जानकारी दिएका थिए ।
नर्थराइन वेस्टफेलियाका प्रमुख आर्मिन लसेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाका निम्ति जलवायु परिवर्तनलाई दोष दिनुभएको छ । (रासस/एएफपी)