खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिका सदस्य किरण कुमार पुनलाई प्रवासबाट स–सम्मान विदाइ गरिएको छ । सन् २००८ देखि मूलप्रवाहको सदस्यता लिएर निरन्तर क्रियाशील किरण हाल प्राइवेट जागिरबाट स्वेच्छिक सेवानिवृत हुनुभएको छ ।
विदाई समारोहमा मूलप्रवाहका केन्द्रीय सदस्य कूल बहादुर बगाले, केन्द्रीय पार्षद लक्ष्मण खड्का, क्षेत्रीय महिला विभाग सदस्य जमुना गाहा, नगरबाट लक्ष्मण केसी, तिल बहादुर थापा, जुगलाल बुढामगर, याम बहादुर थापा, चन्द्र बसेल, माया श्रेष्ठ, जीवन कुमार र दिलाराम सुवेदीले धारणा राख्नुभएको थियो ।
नगर सचिव दिल बहादुर गाहाको सन्चालन तथा नगर अध्यक्ष जीतमान थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिम प्रसाद सुनामले स्वागत गर्नु भएको थियो ।
२०३१ सालदेखि मसाल समर्थक रहेको बताउने किरण कुमार पुन बाग्लुङ जिल्ला निसी गाउँपालिका वार्ड नम्बर १ स्थायी निवासी हुनुहुन्छ ।