काठमाडौँ । प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ रानीटार निवासी जनक बिसीले आफ्नी ठुली छोरी सीता बिसी (अधिकारी) हराएकोमा खोजी गर्न आग्रह गरेका छन् ।
Advertisement
२६ वर्षीय सीता २०७८ असार २३ का दिन दाङ ठुली आमालाई भेट्न जान्छु भनी घरबाट निस्केकी थिइन्, तर अहिलेसम्म परिवारको सम्पर्कमा नआएको हुनाले उनले छोरीको खोजी गर्न आग्रह गरेका हुन् ।
बिसीले आफ्नी छोरी प्युठान, दाङ वा सल्लानतिर रहेको आशङ्का गरेका छन् ।
फेला पार्नुहुने महानुभावसित नेपालमा गङ्गाराम बिसी फोन नम्बर ९८४७९१२११५ मा तथा भारतमा जनक बिसी फोन नम्बर ९८४६९९२६०९ वा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसित सम्पर्क राख्न आग्रह गरिएको छ ।